NIMB Header 2
Nepal Life

सिटी होटल लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने, १० कित्ता बराबर ८ कित्ता पाउने

National Life
  • BFIS News
  • 2025 Aug 21 11:26
सिटी होटल लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने, १० कित्ता बराबर ८ कित्ता पाउने
Sanima Reliance

काठमाण्डौं। सिटी होटल लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

Shikhar
NIMB

यस अनुसार, कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ता (१०:८ को अनुपातमा) हकप्रद शेयर ल्याउन लागेको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबर हुनेछ।

हकप्रद शेयर निष्काशनको प्रयोजनका लागि कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। सो अनुसार, साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति असोज १२ गतेसम्म तोकिएको छ।

कम्पनीको हकप्रद निष्काशनका लागि केयर रेटिङ्ग नेपालले “CARENP BB- (डबल बी माइनस)” इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताले प्रभु क्यापिटलका साथै प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि-आस्बा प्रणाली प्रयोग गरी तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा निर्माण गरिएको ‘मेरो शेयर’ अनलाइन प्लेटफर्ममार्फत पनि आवेदन दिन सकिनेछ।

हाल सिटी होटल लिमिटेडको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ। कम्पनीले हकप्रद शेयरबाट संकलन भएको रकम मुख्य रूपमा ऋण भुक्तानीका लागि प्रयोग गर्ने जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया