Nepal Life

नेप्सेमा ५ म्युचुअल फण्डको इकाईमूल्य समायोजन

NMB Bank
  • BFIS News
  • 2025 Aug 22 11:12
नेप्सेमा ५ म्युचुअल फण्डको इकाईमूल्य समायोजन
National Life

काठमाडौं, भदौ ६।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार ५ वटा म्युचुअल फण्डको इकाईमूल्य समायोजन गरिएको छ।

Shikhar
NIMB

समायोजनमा सानिमा ग्रोथ फण्ड, सानिमा लार्ज क्याप फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ र सिद्धार्थ इक्विटी फण्ड परेका छन्।

नेप्से अनुसार सानिमा ग्रोथ फण्ड (SAGF) ले १५.७९ प्रतिशत र सानिमा लार्ज क्याप फण्ड (SLCF) ले २१.०५ प्रतिशत लाभांश वितरण गरेपछि समायोजन गरिएको हो। समायोजनपश्चात् SAGF को इकाईमूल्य ९ रुपैयाँ २६ पैसा र SLCF को ९ रुपैयाँ ५९ पैसा कायम भएको छ।

त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ (SIGS2) ले २० प्रतिशत, स्किम–३ (SIGS3) ले १७ प्रतिशत र सिद्धार्थ इक्विटी फण्ड (SEF) ले २० प्रतिशत लाभांश वितरण गरेपछि इकाईमूल्य क्रमशः ९ रुपैयाँ ५३ पैसा, ९ रुपैयाँ ३२ पैसा र ९ रुपैयाँ ४८ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यलाई आधार मानेर समायोजन गरेको हो। बिहीबार दास्रो बजारमा SAGF को अन्तिम इकाईमूल्य १० रुपैयाँ ८४ पैसा, SLCF को ११ रुपैयाँ ६९ पैसा, SIGS2 को ११ रुपैयाँ ५३ पैसा, SIGS3 को ११ रुपैयाँ २ पैसा र SEF को ११ रुपैयाँ ४८ पैसा कायम भएको थियो।

आगामी सातादेखि यी फण्डहरुको कारोबार समायोजित मूल्यका आधारमा हुनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया