United Ajod

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्यो, चाँदीमा पनि २० रुपैयाँ वृद्धि

  • BFIS News
  • 2025 Aug Fri 11:57
सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्यो, चाँदीमा पनि २० रुपैयाँ वृद्धि

काठमाडौं, भदौ ६।   नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ (FENEGOSIDA) का अनुसार आज सुनको मूल्य तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँ पुगेको छ।

अघिल्लो दिन सो मूल्य १ लाख ९४ हजार ८ सय रुपैयाँ थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर तोलामा १ लाख ९४ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसको मूल्य १ लाख ९४ हजार १ सय रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी तोलामा २० रुपैयाँले बढेर २ हजार ३१० रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसको मूल्य तोलामा २ हजार २९० रुपैयाँ कायम थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया