NIMB Header 2
Nepal Life

माछापुच्छ्रे क्यापिटलको छैटौं वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा दिप प्रकाश पाण्डे नियुक्त

Muktinath Bank
  • BFIS News
  • 2025 Aug 22 19:41
माछापुच्छ्रे क्यापिटलको छैटौं वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा दिप प्रकाश पाण्डे नियुक्त
Everest Bank

काठमाडौं। माछापुच्छ्रे क्यापिटलको छैठौ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा, बालुवाटार, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष श्री विश्वम्भर न्यौपानेको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको हो।

Shikhar
NIMB

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले स्वागत मन्तव्य प्रस्तुत गर्दै विगत वर्षका उपलब्धिहरू, सामना गरेका चुनौतीहरू र आगामी योजनाहरूको विस्तृत विवरण प्रस्तुत गरेका थिए। उनले कम्पनीले यस उपलब्धिलाई कम्पनीको अर्को महत्वपूर्ण कोसेढुङ्खाका रूपमा व्याख्या गर्दै, निकट भविष्यमा यस क्षेत्रमार्फत शेयरधनी मूल्य अभिवृद्धि गर्न कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आ.व. २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, आ.व. २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति, नगद लाभांश वितरण तथा सञ्चालक निर्वाचनसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू पारित भएका छन् ।

संस्थापक समूहका शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे निर्विरोध निर्वाचित भई पुनः सञ्चालकमा नियुक्त भएका छन् । साथै, सञ्चालक समितिले चुक्ता पूँजीको ५% अर्थात् रु. १,४३,१६,९७५ (एक करोड त्रिचालिस लाख सोह्र हजार नौ सय पचहत्तर) बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

सभाको समापनमा अध्यक्षले शेयरधनी, माछापुच्छ्रे बैंक लिमिटेड, नियामक निकाय, लेखापरीक्षक, सेवाग्राही, कानुनविद्, सञ्चारकर्मी, विभिन्न साझेदार संस्था, कर्मचारीहरू र माछापुच्छ्रे बैंकका कर्मचारीहरूको निरन्तर सहयोग र योगदानप्रति हार्दिक आभार व्यक्त गरे । उनले भविष्यमा पनि सबै पक्षहरूको मार्गदर्शन र सहकार्यका साथ कम्पनी अझ मजबुत र सक्षम भएर अघि बढ्ने विश्वास व्यक्त गरे।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया