NIMB Header 2
Nepal Life

भदौ १६ गतेदेखि बुङ्गल हाइड्रोको आईपीओ निष्काशन सुरु

Citizen Life
  • BFIS News
  • 2025 Aug 24 10:11
भदौ १६ गतेदेखि बुङ्गल हाइड्रोको आईपीओ निष्काशन सुरु
National Life

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आगामी भदौ १६ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ।

NIMB

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकताका साथ आईपीओ बाँडफाँट गरिसकेपछि कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत अनुसार कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँबराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न पाउने अनुमती पाएको हो। जसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता स्थानीय बासिन्दा र २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट भइसकेको छ। साथै १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ६२ हजार २५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ।

अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि १७ लाख १ हजार ५०० कित्ता शेयर (१७ करोड १ लाख ५० हजार रुपैयाँ बराबर) प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्न लागिएको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन अवधि छिट्टैमा भदौ १९ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्म रहनेछ।

आईपीओको लागि केयर रेटिङ नेपालले कम्पनीलाई CARE-NP Single B Issuer Rating प्रदान गरेको छ, जसले औसत जोखिमसहित दायित्व बहन गर्ने क्षमताको संकेत गर्दछ।

बुङ्गल हाइड्रोले सञ्चालन गरेको १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ परेको छ। आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष १० महिना बाँकी रहेको छ भने साधारण लगानी फिर्ता हुने अवधि ९.८५ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि २२.२९ वर्ष निर्धारण भएको छ।

उक्त आईपीओको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू वा मेरो शेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया