NIMB Header 2
Nepal Life

आरबीबी र कुमारी क्यापिटलका म्युचुअल फन्डको लाभांश प्राप्त गर्ने अन्तिम दिन आज

National Life
  • BFIS News
  • 2025 Aug 24 10:24
आरबीबी र कुमारी क्यापिटलका म्युचुअल फन्डको लाभांश प्राप्त गर्ने अन्तिम दिन आज
Sanima Reliance

काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड र कुमारी क्यापिटल लिमिटेडले सञ्चालन गरेका म्युचुअल फन्डहरूको लाभांश प्राप्त गर्न आज (भदौ ८ गते) अन्तिम दिन रहेको छ।

Shikhar
NIMB

आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि आरबीबी म्युचुअल फन्ड–१ का इकाइधनीलाई करसहित २० प्रतिशत नगद लाभांश र आरबीबी म्युचुअल फन्ड–२ का इकाइधनीलाई करसहित १३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
आरबीबी म्युचुअल फन्ड–१ सात वर्षे बन्दमुखी योजना हो भने म्युचुअल फन्ड–२ को परिपक्वता अवधि १० वर्षको छ। दुवै फन्ड आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडद्वारा सञ्चालित छन्।

त्यस्तै, कुमारी क्यापिटल लिमिटेडले पनि आफ्ना म्युचुअल फन्डका इकाइधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार, कुमारी इक्विटी फन्ड (KEF) का इकाइधनीलाई ११.५० प्रतिशत नगद लाभांश, कुमारी धनवृद्धि योजना (KDBY) का इकाइधनीलाई १०.५० प्रतिशत नगद लाभांश र कुमारी सबल योजना (KSY) का इकाइधनीलाई करसहित ९ प्रतिशत नगद लाभांश वितरण गरिनेछ।

यी सबै म्युचुअल फन्डका लागि पुस्तक बन्द मिति भदौ ९ गते तोकिएको छ। सो मितिभन्दा अगाडि इकाइ कायम गरेका लगानीकर्ताहरू लाभांश प्राप्त गर्न र सम्बन्धित साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया