Nepal Life

नाडा अटो शो २०२५ आज सम्पन्न हुँदै, पाँच दिनमै एक लाखभन्दा बढी अवलोकनकर्ता

NMB Bank
  • BFIS News
  • 2025 Aug 24 12:36
नाडा अटो शो २०२५ आज सम्पन्न हुँदै, पाँच दिनमै एक लाखभन्दा बढी अवलोकनकर्ता
National Life

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ आज (आईतबार) सम्पन्न हुँदैछ।

Shikhar
NIMB

गत भदौ ३ गतेदेखि सुरु भएको प्रदर्शनीको पाँचौं दिनसम्म (शनिबार) करिब एक लाखभन्दा बढी अवलोकनकर्ताले मेला अवलोकन गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ।

आयोजकका अनुसार अटो शोमा नयाँ सवारीसाधन खरिद गर्ने तथा प्रविधि अवलोकन गर्ने दर्शकको उल्लेख्य भीड लागेको छ। विभिन्न कम्पनी तथा विक्रेताहरुले प्रदर्शनीमा राखेका नयाँ मोडेलका सवारीसाधन र अत्याधुनिक अटोमोबाइल प्रविधिले दर्शकलाई आकर्षित गरेको छ।

नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। प्रदर्शनीमा राजनीतिक, व्यावसायिक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता उल्लेखनीय रहेको आयोजकले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया