NIMB Header 2
Nepal Life

युनाइटेड अजोद इन्स्योरेन्सका १०% बोनस सेयर नेप्सेमा सूचीकृत

National Life
  • BFIS News
  • 2025 Aug 29 14:39
युनाइटेड अजोद इन्स्योरेन्सका १०% बोनस सेयर नेप्सेमा सूचीकृत
Sanima Reliance

काठमाडौं । युनाइटेड अजोद इन्स्योरेन्स लिमिटेड (UAIL) का २१ लाख युनिट बोनस सेयर नेप्सेमा सूचीकृत भएका छन्।

Shikhar
NIMB

कम्पनीले गत असार ३० गते ३१औँ वार्षिक साधारणसभा सम्पन्न गरी आर्थिक वर्ष २०८०/८१ का लागि १०.५२६३ प्रतिशत लाभांश पारित गरेको थियो। लाभांश वितरण गर्ने निर्णय कम्पनीको असार ४ गते बसेको ६१औँ सञ्चालक समितिको बैठकले गरेको हो। सोअनुसार १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरिएको थियो।

कम्पनीले प्रस्ताव गरेका १० प्रतिशत बोनस सेयर हाल नेप्सेमा सूचीकृत भएका हुन्। लेख्ने बेलासम्म युनाइटेड अजोद इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य (LTP) प्रतिशेयर ५२४.४१ रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया