NIMB Header 2
Nepal Life

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले १ अर्ब रुपैयाँ संकलन गर्न सफल

National Life
  • BFIS News
  • 2025 Aug 31 17:33
लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले १ अर्ब रुपैयाँ संकलन गर्न सफल
Sanima Reliance

काठमाडौं, भदौ १५। लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा सञ्चालित लक्ष्मी सस्टेनेबल इनर्जी फण्ड (Laxmi Sustainable Energy Fund - LSEF) ले आफ्नो लक्ष्य अनुसार १ अर्ब रुपैयाँ संकलन गर्न सफल भएको छ।

Shikhar
NIMB

यस फण्डका कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड र कोष व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हुन्। यो लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा सञ्चालित पहिलो प्राइभेट इक्विटी फण्ड हो, जसको मुख्य उद्देश्य नेपालमा जलविद्युत, सौर्य, वायु उर्जा तथा अन्य नविकरणीय उर्जा स्रोतहरूमा लगानी गरी दिगो उर्जा क्षेत्रमा टेवा पुर्‍याउनु हो।

उक्त १ अर्बको कोष संकलनमा निरन्तर साथ दिइरहनु भएका सम्पूर्ण लगानीकर्ताहरूप्रति लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले हार्दिक आभार व्यक्त गरेको छ। साथै, कम्पनीले प्रभावकारी लगानी व्यवस्थापनका लागि विश्वव्यापी मान्य मापदण्ड Operating Principles for Impact Management मा हस्ताक्षरकर्ता समेत रहँदै आएको उल्लेख गरिएको छ।

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डबाट नेपालको दिगो विकास लक्ष्यतर्फ ठोस योगदान हुने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया