Nepal Life

रुकुम पूर्वमा ४४.५२ मेगावाट सानीभेरी जलविद्युत आयोजना वित्तीय बन्द

NMB Bank
  • BFIS News
  • 2025 Sep 02 11:31
रुकुम पूर्वमा ४४.५२ मेगावाट सानीभेरी जलविद्युत आयोजना वित्तीय बन्द
National Life

रुकुम पूर्व । एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट कम्पनीद्वारा विकसित हुन लागेको ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत आयोजनाको वित्तीय बन्द (फाइनान्सियल क्लोजर) औपचारिक रूपमा सम्पन्न भएको छ।

Shikhar
NIMB

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका वडा नम्बर ७ र १४ मा निर्माण हुने सो आयोजना नागरिक बैंकको नेतृत्वमा रहेको बैंक तथा वित्तीय संस्थाहरुको समूह (कन्सोर्टियम) मार्फत लगानी हुने भएको हो।

लगानी संरचना अनुसार नागरिक बैंकले २ अर्ब ५० करोड, नबिल बैंकले १ अर्ब ५० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड, सानिमा बैंक र सिद्धार्थ बैंकले आ–आफ्नो १ अर्ब रुपैयाँका दरले लगानी गर्नेछन्।

सोमबार नागरिक बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एक्सपर्ट हाइड्रोका प्रबन्ध निर्देशक सन्तोषराज नेपालबीच सम्झौता पत्र (MoU)मा हस्ताक्षर गर्दै लगानी प्रतिबद्धता औपचारिक रूपमा घोषणा गरिएको हो। आयोजनाको कुल लागत करिब ९ अर्ब ६० करोड रुपैयाँ रहने अनुमान गरिएको छ।

रन–अफ–द–रिभर (Run-of-the-river) प्रकारको सो आयोजना ४२ महिनाभित्र सम्पन्न गर्ने योजना छ। उत्पादित विद्युत बाफिकोट सबस्टेशनमार्फत प्रसारण हुनेछ। नेपाल विद्युत प्राधिकरण (NEA) सँग आयोजनाले विद्युत खरिद सम्झौता (PPA) गरिसकेको छ, जसले उत्पादित विद्युतको बजार सुनिश्चित गरेको छ।

सानीभेरी जलविद्युत आयोजना सञ्चालनमा आएपछि यसले स्थानीय अर्थतन्त्रलाई सबल बनाउने र नेपालको नवीकरणीय ऊर्जा उत्पादनमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया