NIMB Header 2
Nepal Life

नबिल म्युचुअल फण्डको एन आई ३१ इकाई बाँडफाँट सम्पन्न

National Life
  • BFIS News
  • 2025 Sep 02 11:35
नबिल म्युचुअल फण्डको एन आई ३१ इकाई बाँडफाँट सम्पन्न
Sanima Reliance

काठमाडौं । नबिल बैंक लिमिटेड प्रवर्द्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड निष्काशन र बिक्री प्रबन्धक रहेको नबिल म्युचुअल फण्डअन्तर्गतको एन आई ३१ खुलामुखी योजनाको इकाई बाँडफाँट सम्पन्न भएको छ।

Shikhar
NIMB

प्रति इकाई १० रुपैयाँ अंकित मूल्यका २ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा १ करोड ५० लाख इकाई निष्काशन गरिएको थियो। तीमध्ये ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापकका लागि सुरक्षित राखी बाँकी १ करोड १२ लाख ५० हजार इकाई साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।

उक्त इकाई बाँडफाँट भदौ १६ गते नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा सम्पन्न गरिएको हो। कार्यक्रममा नबिल बैंक, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, योजना व्यवस्थापक, प्राविधिक सेवा प्रदायक कम्पनीका प्रतिनिधि तथा सर्वसाधारण लगानीकर्ताको उपस्थिति रहेको थियो।

बाँडफाँटको नतिजा iporesult.cdsc.com.np मा हेर्न सकिने छ भने थप जानकारीका लागि कम्पनीका सम्पर्क नम्बर ४५११६०४ र ४५११७३३ मा सम्पर्क गर्न सकिने नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया