NIMB Header 2
Nepal Life

पिपुल्स पावरको लिलामी शेयरका लागि आज अन्तिम दिन

IME LIFE
  • BFIS News
  • 2025 Sep 07 11:24
पिपुल्स पावरको लिलामी शेयरका लागि आज अन्तिम दिन
United Ajod

काठमाडौं । पिपुल्स पावर लिमिटेड (PPL) ले भदौ १५ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज (भदौ २२ गते) अन्तिम दिन रहेको छ।

Nepal Life
NIMB

कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेका ३ लाख ९१ हजार ७७९ कित्ता अवितरित शेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो।

शेयरको न्यूनतम मूल्य प्रतिकिता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। न्यूनतम १०० कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ भने अधिकतम कित्तामा भने कुनै सीमा तोकिएको छैन।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलसँगै प्रभु बैंकका विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया