NIMB Header 2
Nepal Life

खानी खोला हाइड्रोपावरको हकप्रद शेयर आवेदन अवधि भदौ ३१ सम्म

Citizen Life
  • BFIS News
  • 2025 Sep 08 09:01
खानी खोला हाइड्रोपावरको हकप्रद शेयर आवेदन अवधि भदौ ३१ सम्म
National Life

काठमाडौं, भदौ २२। खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) ले आफ्नो १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीले भदौ ३ गतेदेखि निष्काशनमा ल्याएको हकप्रद शेयरमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ।

NIMB

कम्पनीले हाल कायम १ कित्ता बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार कम्पनीले कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्दैछ, जसको कुल मूल्य ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ हुन्छ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो। यसअनुसार असार २६ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी सिंगल बी रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक कार्यालयसँगै कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेशनलका विभिन्न शाखाहरु तथा सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।

हाल कम्पनीको चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि चुक्ता पूँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ। संकलित रकम ऋण घटाउन, वित्तीय स्थिति सुधार गर्न, ब्याज खर्च कम गर्न र इक्विटी अभिवृद्धि गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया