NIMB Header 2
Nepal Life

पुँजीबजार कारोबार तत्काल स्थगित गर्न लगानीकर्ता संघ-संस्थाहरूको संयुक्त आग्रह

National Life
  • BFIS News
  • 2025 Sep 11 18:44
पुँजीबजार कारोबार तत्काल स्थगित गर्न लगानीकर्ता संघ-संस्थाहरूको संयुक्त आग्रह
Sanima Reliance

काठमाडौं। देशको पछिल्लो राजनीतिक अस्थिरता, गम्भीर सुरक्षा चुनौती तथा हालैका दुःखद घटनाले आम लगानीकर्ता मर्माहत तथा चिन्तित बनेका छन्। यस्तो विषम परिस्थितिमा पुँजीबजार सुधार अभियानमा संलग्न संघ-संस्थाहरूको समूहले आज संयुक्तरूपमा एक वक्तव्य जारी गर्दै शेयर बजारको कारोबार तत्काल केही समयका लागि स्थगित गर्न धितोपत्र बोर्डसँग हार्दिक अनुरोध गरेका छन्।

Shikhar
NIMB

वक्तव्यमा भनिएको छ, "धितोपत्र बजार अत्यन्तै संवेदनशील हुने भएकाले राष्ट्रिय परिस्थितिको सानोभन्दा सानो प्रभावले समेत बजारमा ठूलो उतारचढाव ल्याउने गर्दछ। अहिलेको त्रास र अनिश्चितताको वातावरणमा लगानीकर्ताहरूले विवेकपूर्ण निर्णय लिन नसक्ने अवस्था सिर्जना भएकोले बजारमा अनावश्यक रूपमा 'प्यानिक सेलिङ' (panic selling) हुनसक्ने खतरा अत्यन्तै बढेको छ।"

संघ-संस्थाहरूले बजारमा यस्तो अवस्था आउनु साना तथा नयाँ लगानीकर्ताहरूको लागि अपूरणीय क्षति साबित हुन सक्ने भन्दै पुँजीबजारको दीर्घकालीन स्थायित्व तथा लाखौं लगानीकर्ताहरूको हितलाई पहिलो प्राथमिकता दिनु जरुरी रहेको बताएका छन्।

वक्तव्यमा भनिएको छ, “शान्ति–सुरक्षाको प्रत्याभूति र समग्र आर्थिक गतिविधि सहज नहुँदासम्मका लागि कारोबार स्थगन गर्नु नै वर्तमान अवस्थामा सबैभन्दा विवेकपूर्ण निर्णय हुनेछ।” साथै, यसअघि लगानीकर्ताहरूले उठाएका मागहरू सम्बोधन गर्न पनि धितोपत्र बोर्डलाई द्रुतगतिमा कदम चाल्न माग गरिएको छ।

संयुक्तरूपमा जनरल इन्भेष्टर एसोसियसनका अध्यक्ष दीपक कार्की, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जि.सी. (जगतजङ्ग), नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे र नेपाल शेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया