NIMB Header 2
Nepal Life

जेनजी आन्दोलनका क्रममा दुई दर्जन होटलमा क्षति, करिब २५ अर्बको नोक्सानी

Sagarmatha Lumbini
  • BFIS News
  • 2025 Sep 12 12:37
जेनजी आन्दोलनका क्रममा दुई दर्जन होटलमा क्षति, करिब २५ अर्बको नोक्सानी
IME LIFE

 

काठमाडौं। हालै सम्पन्न भएको सफल परिवर्तनकारी आन्दोलनका क्रममा देशभरका झन्डै दुई दर्जन होटलमा ठूलो क्षति पुगेको होटल संघ नेपालले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

Nepal Life
NIMB

संघले संकलन गरेको प्रारम्भिक विवरणअनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ–विराटनगर, धनगढी, महोत्तरी, दाङ–तुल्सीपुर लगायत क्षेत्रका स्वदेशी तथा विदेशी ब्राण्डका चर्चित होटलहरू तोडफोड, आगजनी र लुटपाटको सिकार भएका छन्।

विज्ञप्तिमा उल्लेख भएअनुसार काठमाडौंस्थित हिल्टन होटलमा मात्र ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ। सम्पूर्ण देशभरि करिब २५ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

संघले मर्मत सम्भार र पुनर्निर्माण नगरी यी होटलहरू सञ्चालनमा आउन नसक्ने अवस्था भएको जनाएको छ। यस्तोमा झण्डै दुई हजारभन्दा बढी कामदार र कर्मचारीको रोजगारीमा समेत प्रत्यक्ष असर पर्ने देखिएको छ। साथै, सञ्चालकहरू बैंक तथा वित्तीय संस्थासँगका आर्थिक दायित्व नियमितरूपमा तिर्न सक्ने अवस्थामा नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

होटल संघ नेपालले देशमा सुशासन, विकास र जनताले खोजेको परिवर्तनका लागि जीवन बलिदान दिएका दर्जनौं नवयुवाहरू र घाइते भएका सयौं योद्धाहरूको त्यागबाट सुरु भएको संक्रमणकालीन अवस्थाको सम्मान गर्दै निजी क्षेत्रको पुँजी तथा सर्वसाधारणको सेयर लगानी रहेको पब्लिक लिमिटेड कम्पनीहरूको सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र न्यायिक जाँचबुझ गरी अपराधीलाई उपयुक्त दण्ड र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेको छ।

साथै, संघले मर्मत सम्भार र पुनर्निर्माणका लागि राज्यबाट विशेष आर्थिक प्याकेज उपलब्ध गराएर लगानीकर्ताको मनोबल कायम राख्न, आर्थिक स्थायित्व प्राप्त गर्दै समृद्धि हासिल गर्न र परिवर्तनकारी युगसँगै पर्यटन विकासको यात्रामा अघि बढ्न सरकारसँग जोडदार माग गरेको छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया