NIMB Header 2
Nepal Life

पूँजी बजारबारे जेनजी पुस्ताले सोध्ने मुख्य चार प्रश्न

National Life
  • BFIS News
  • 2025 Sep 13 15:57
पूँजी बजारबारे जेनजी पुस्ताले सोध्ने मुख्य चार प्रश्न
Sanima Reliance

काठमाडौं । विश्वव्यापी अध्ययनले देखाएको छ कि जेनजी पुस्ताका झण्डै २९ प्रतिशत युवाले पूँजी बजारलाई ‘छिटो कमाई हुने क्षेत्र’ का रूपमा लिएका छन्।

Shikhar
NIMB

यही कारणले गर्दा हाल विश्वका अधिकांश मुलुकमा यो पुस्ताका युवाहरू पूँजी बजारप्रति चासो राख्दै सोधखोज र लगानीमा सक्रिय देखिएका छन्।

विश्लेषकका अनुसार जेनजी पुस्ताका युवाहरू लगानी गर्नु अघि चारवटा महत्वपूर्ण प्रश्नको जवाफ खोजिरहेका हुन्छन्। ती प्रश्न यसप्रकार छन् :

१. के पूँजी बजार मेरो लागि उपयुक्त क्षेत्र हो ?
पूँजी बजारलाई ‘अत्यधिक अस्थिर’ क्षेत्रका रूपमा बुझिन्छ। यसमा लगानी गर्दा अवसर र चुनौती दुवै हुन्छन्। त्यसैले जेनजी पुस्ताका युवाहरूले आफ्नो स्वभाव, धैर्य र जोखिम सहने क्षमता अनुसार पूँजी बजारमा प्रवेश गर्ने कि नगर्ने भन्नेमा विचार गर्छन्।

२. के पूँजी बजार धेरै जोखिमपूर्ण छ ?
जेनजी पुस्ताको प्रमुख विशेषता छिटो नाफा खोज्ने हो। पुराना पुस्ताजस्तो दीर्घकालीन प्रतिफलमा उनीहरूको विश्वास कम छ। त्यसैले उनीहरूले स्टक बजारमा प्रवेश गर्नु अघि जोखिम कत्तिको ठूलो हुन्छ भन्ने प्रश्नलाई गम्भीरतापूर्वक सोध्छन्।

३. लगानी सुरु गर्न कति रकम चाहिन्छ ?
जेनजी पुस्ताका धेरै युवाहरू थोरै रकमले छिट्टै धनी बन्न सकिँदैन भन्ने सोच राख्छन्। त्यसैले उनीहरूलाई कति रकम लगानी गर्दा छिटो लाभ लिन सकिन्छ भन्ने प्रश्नले बढी आकर्षित गर्छ।

४. लगानी कहिले सुरु गर्ने ?
उपयुक्त समय कुन हो भन्ने कुरा जेनजी पुस्ताका लागि सबैभन्दा ठूलो प्रश्न बनेको छ। उनीहरू बजारको चाल, आधारभूत तथ्य र ट्रेन्ड अध्ययन गरेर मौकाको प्रतीक्षा गर्छन्। तर कतिपय युवाहरू ‘उचित समय’ को खोजीमै लामो समय अन्योलमा बिताउने पनि देखिन्छ।

विशेषज्ञको सुझाव :
विशेषज्ञहरू भन्छन्— पूँजी बजार छिटो धनी बनाउने माध्यम होइन, बरु दीर्घकालीन रूपमा लगानी गर्दा मात्र सुरक्षित र स्थायी प्रतिफल लिन सकिन्छ। जेनजी पुस्ताले छोटो अवधिको नाफामात्र होइन, ‘धैर्य र योजनाबद्ध लगानी’ को महत्त्व बुझ्न सके भविष्यमा पूँजी बजारप्रति उनीहरूको चासो अझै सकारात्मक बन्न सक्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया