Nepal Life

यूनिभर्सल पावर कम्पनीले बोनसपछि हकप्रद सेयर निष्काशनको प्रस्तावसहित साधारण सभा बोलायो

NMB Bank
  • BFIS News
  • 2025 Sep 15 10:39
यूनिभर्सल पावर कम्पनीले बोनसपछि हकप्रद सेयर निष्काशनको प्रस्तावसहित साधारण सभा बोलायो
National Life

काठमाडौं, भदौ ३०। यूनिभर्सल पावर कम्पनी लिमिटेड (UPCL) ले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर वितरणपश्चात शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ।

Shikhar
NIMB

कम्पनीको  वार्षिक साधारण सभा आगामी असोज २३ गते, बिहीबार दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यू, तीखेदेवल, ललितपुरमा बिहान १० बजे सुरु हुने कार्यक्रम रहेको छ।

सभामा हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र सो बोनसको कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ।

त्यस्तै, बोनस सेयर वितरणपश्चात शतप्रतिशत हकप्रद सेयर निष्काशन, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षकको नियुक्ति, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन, तथा २ जना सञ्चालकको निर्वाचनसम्बन्धी प्रस्तावहरु पनि सभामा पेश गरिनेछ।

साधारण सभामा सहभागिता तथा लाभांश प्राप्तिका लागि कम्पनीले असोज ८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ नाम दर्ता भएका सेयरधनीहरुले सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले शेयरधनीहरूको हितलाई ध्यानमा राख्दै मुनाफाबाट प्रतिफल दिने योजनालाई अगाडि बढाएको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया