NIMB Header 2
Nepal Life

सागर डिष्टिलरीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, ११ लाख ९० हजार ६४० कित्ताबाट एक लाख १९ हजारले पाउने

Muktinath Bank
  • BFIS News
  • 2025 Sep 15 10:52
सागर डिष्टिलरीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, ११ लाख ९० हजार ६४० कित्ताबाट एक लाख १९ हजारले पाउने
Everest Bank

काठमाडौं – सागर डिष्टिलरी लिमिटेडले आज (भदौ ३० गते) देखि सर्वसाधारणका लागि आइपीओ (प्राथमिक शेयर) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ जारी गर्न लागेको हो।

Shikhar
NIMB

कम्पनीले कुल ७२ करोड ६० लाख रुपैयाँको जारी पूँजीमध्ये २० प्रतिशत बराबर १४ करोड ५२ लाख रुपैयाँ अर्थात् १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशत (१ लाख ४५ हजार २०० कित्ता) शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन भई बाँडफाँट भइसकेको छ। त्यस्तै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषलाई वितरण गरिसकिएको छ भने ४३ हजार ५६० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ।

यसपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ११ लाख ९० हजार ६४० कित्ता शेयर, अर्थात् ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको शेयर निष्काशन गरिएको हो। 119064

आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असोज १३ गतेसम्म लम्बिने व्यवस्था गरिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई दिएको रेटिङ अनुसार सागर डिष्टिलरीलाई ‘आईआरएन बीबी (प्लस)’ इश्युअर रेटिङ्ग प्रदान गरिएको छ, जसले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया