NIMB Header 2
Nepal Life

नेप्सेमा ऐतिहासिक गिरावट, यस्तो छ लगानीकर्ताको आवाज, चिन्ता र आशा 'हामी विस्तारै माथि उठ्नेछौ'

Muktinath Bank
  • BFIS News
  • 2025 Sep 18 14:55
नेप्सेमा ऐतिहासिक गिरावट, यस्तो छ लगानीकर्ताको आवाज, चिन्ता र आशा 'हामी विस्तारै माथि उठ्नेछौ'
Everest Bank

काठमाडौं, असोज २ गते। झण्डै १० दिनको बन्दपछि खुलेको शेयर बजार आज ऐतिहासिक गिरावटको चपेटामा पर्‍यो। बिहानको सुरुवातमै ४ प्रतिशतको नकारात्मक सर्किट लागेर बजार २० मिनेटको लागि बन्द भयो, त्यसपछि पुन: ५ प्रतिशतको नकारात्मक सर्किट लाग्यो। अन्ततः ६ प्रतिशतको नकारात्मक सर्किटसँगै आजका लागि बजार पूरै बन्द गरियो। यो अवस्थामा नेप्से परिसूचक १६०.३३ अंकले घटेर २५११.९१ मा झरेको छ।

Shikhar
NIMB

यो आकस्मिक झट्काले बजारमा आशंका, आक्रोश, विश्लेषण र भविष्यप्रति मिश्रित प्रतिक्रिया देखिएको छ। लगानीकर्ताहरूको भनाइमा बजारको यो अवस्था केवल आर्थिक संकेत मात्र होइन, राजनीतिक अस्थिरता, नीतिगत अन्योल र विश्वास संकटको परिणाम पनि हो।

बजार खुले पनि किन भएन कारोबार?

"आज मार्केट ६ प्रतिशतले घटेपनि तल्लो मूल्यमा ठुलो कारोबार भएको छैन," लगानीकर्ता सुवास कार्की भन्छन्, "दुई दिन सोच्ने समय पनि छ, आइतबारदेखि खरिदकर्ता हाबी हुनेछन्। आत्तिनु पर्दैन।"

उनकै भनाइलाई पच्छ्याउदै आशिश न्यौपाने थप्छन्, “कारोबार हुन त खरिदकर्ता हुनु पर्यो नि, खरिदकर्ता नभएर प्यानिक भएको हो।” यानी बजारमा मूल्य त घट्यो, तर ठूलो संख्यामा खरिद बिक्री भएन। धेरै लगानीकर्ताले शेयर राख्न चाहे, तर किन्न चाहने भेटिएनन्।

नीतिगत र राजनीतिक अस्थिरता प्रमुख कारण

मुनिन्द्र बस्नेत को विश्लेषण अनुसार, "अर्थ मन्त्रालयबाट केहि खुकुलो नीति आए आइतबारबाट बजार थामिन सक्छ, नत्र राम राम हुने देखियो।" प्रिति लामाले आक्रोश व्यक्त गर्दै भनेकी छिन्, “तत्काल अन्तिम १५ मिनेटको नियम खारेज गरियोस्। चुनाव अघिसम्म IPO र हकप्रद शेयरको निस्कासन बन्द गरियोस्।”

बजारमा नीति निर्माणमा ढिलासुस्ती र आन्दोलनको प्रभावप्रति चर्को असन्तोष देखिएको छ। घनश्याम पाण्डे लेख्छन्, “वोर्ड र नेप्सेले वेवास्ता गर्दा आज लगानीकर्ताले ठूलो क्षति व्यहोर्नु परेको छ।"

अनुभवीहरूको विश्लेषण: यो सानो करेक्सन मात्रै?

सुवास पोख्रेलले भने, “आजको दिन अपेक्षित नै थियो। यो साम्य हुन केहि दिन लागे पनि शेयर बजारको भविष्य भने उज्वल नै छ।” उत्तम राजबंशी पनि सकारात्मक छन्, “यो केवल सानो करेक्सन हो।”

यस्तै ओमकृष्ण चित्रकारले समग्र आर्थिक अवस्थालाई संकेत गर्दै लेखेका छन्, “ब्याज दर न्यून, गभर्नर, अर्थमन्त्री पूँजी बजारमैत्री छन्। घट्नु पर्ने थिएन, घटाइएको मात्र हो। दसैँपछि राम्रो ग्रोथ हुनेतिर छ।”

आक्रोश, विडम्बना र तिखा शब्दहरू

तर सबैको नजर सकारात्मक छैन। विरेन्द्र बोहोराले त कडा शब्दमै भनेका छन्, “सिंहदरबार जल्दा हास्ने नेपाली र सेयर बजार उल्टो सर्किट हान्दा रमाउने लगानीकर्ता एउटै ड्याङ्का मुला हुन्।” समिर राइले आफ्नो अनुभव शेयर गर्दै भनेका छन् 'बजारले “स्टप लस” पनि बोल्न नपाउने गरी हल्ट गरेको अनुभव भएको छ।'

अबको बाटो: डर होइन, धैर्य र रणनीति

कति लगानीकर्ताहरूले भने यो अवसरको रूपमा पनि हेरेका छन्। खेमराज खनाल भन्छन्, “आज जसरी घटेको छ, भोलि फेरि त्यसरी नै बढ्ने नै छ। अझै ठूलो भोल्युमसहित बढ्नेछ।”

नवराज दाहाल ले ठट्टा गर्दै लेखेका छन्, “बढेर सर्किट लाग्दा खुशीको अनुभूति लिने लगानीकर्ता धेरै छन्, तर घटेर सर्किट लागेको अनुभूति पनि दिनु पर्यो नि नयाँ लगानीकर्तालाई।” उनको अर्को भनाइ अझ महत्वपूर्ण छ: “एक थोप्पो पनि डराउनु आत्तिनु पर्दैन। यो केही दिनको उतारचढाव हो, आफै ठीक हुन्छ।”

दशैं अघिको यात्रा: अब के हुन्छ?

सागर गौतम ले विश्लेषण गर्दै लेखेका छन्, “आजको नेगेटिभिटिलाई न्युट्रलाइज गर्न अबको ३ दिन लाग्छ नै, बाँकी दुई दिन खासै उत्साहजनक नहोला।” गीतादेवी भने आइतबार बजार उकालो लाग्नेमा ढुक्क छिन्, “आइतबार २ प्रतिशत जति झारेर बजारले बुर्कुसी मार्नेमा म ढुक्क छु।”

बजार विश्लेषक तथा लगानीकर्ता राजु शर्मा पौडेलले सामाजिक सञ्जाल मार्फत आइतबारबाट बजार फर्किने वातावरण बनाउने हो भने नियमक निकायलाई वर्तमान अर्थमन्त्री रामेश्वर खनालले निम्न काम गर्नको लागि निर्देशन दिनु पर्ने बताएका छन्।

१. अन्तिम १५ मिनेटको नियम परिमार्जन

२. २५ करोडको सिमा खारेज

३. बैंकलाई कारोवार गर्न दिने

४. संस्थागत लगानीकर्तालाई प्रोत्साहन, जस्तै संचय कोष जस्ता संस्थालाई अगाडि ल्याउने

६. अहिलेलाई नयाँ IPO FPO Right लाई स्थगित गर्ने

७. ब्रोकरलाई मार्जिन कारोबार लगायत अन्य काम गर्न दिने

८. NEPSE-30 कार्यान्वयन

९. Microfinance company को बोनसको सिमा खारेज -

बजारले दिएको सन्देश

आजको बजारले लगानीकर्तालाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ नाफा मात्र होइन, घाटा पनि शेयर बजारको प्रमुख हिस्सा हो। बजार घट्दा पनि सिक्ने मौका हुन्छ, अनि धैर्यले मात्रै दीर्घकालीन सफलता प्राप्त गर्न सकिन्छ। खगेन्द्र पोख्रेलले लेखेझैं, “अब जब सिंहदरबार ठडिन्छ, नेप्सेले पनि उकालो यात्रा पक्का गर्नेछ।” नेप्से अझै जिउँदो छ, र लगानीकर्ताहरूको आशा पनि। अधिकाम्स लगानीकर्ताले धर्यताका साथ शेयर बजारलाई हेरिरहेका छन्। उनिहरु शेयर बजार माथि उठ्नेमा पुर्ण आशावादी देखिएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया