NIMB Header 2
Nepal Life

शिव श्री हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद असोज २३ गतेसम्म बढाइयो

Muktinath Bank
  • BFIS News
  • 2025 Sep 24 10:08
शिव श्री हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद असोज २३ गतेसम्म बढाइयो
Everest Bank

काठमाडौं – शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले भदौ १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि असोज २३ गतेसम्मका लागि थप गरेको छ।

Shikhar
NIMB

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर १ कित्ताको अनुपातमा १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको हो। यस शेयर निष्काशनबाट कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले साउन १६ गते बुक क्लोज गरेको थियो। सोअनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद निष्काशनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले SSHL लाई ‘आईआरएन बी माइनस’ (IRN B-) रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

सिटिजन्स क्यापिटल लिमिटेड यस हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। लगानीकर्ताहरूले निम्न स्थानहरूबाट आवेदन दिन सक्नेछन्:

- सिटिजन्स बैंक इन्टरनेशनलका शाखाहरू: कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा।

- सि-आस्बा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाहरूमार्फत।

- मेरो शेयर पोर्टल (CDSC द्वारा निर्माण गरिएको सफ्टवेयर) प्रयोग गरी अनलाइन मार्फत पनि आवेदन दिन सकिन्छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपछि उक्त पूँजी २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ। कम्पनीले हकप्रद शेयरमार्फत संकलन भएको रकम बैंकहरुको ऋण भुक्तानीमा प्रयोग गर्ने जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया