Nepal Life

एसियन हाइड्रोपावरको लोअर जोगमाई खोला जलविद्युत् आयोजनामा पहिरो र बाढीले गम्भीर क्षति

NMB Bank
  • BFIS News
  • 2025 Oct 06 12:21
एसियन हाइड्रोपावरको लोअर जोगमाई खोला जलविद्युत् आयोजनामा पहिरो र बाढीले गम्भीर क्षति
National Life

काठमाडौं। एसियन हाइड्रोपावर लिमिटेडले इलाम जिल्लामा अवस्थित लोअर जोगमाई खोला जलविद्युत् आयोजना (६.२ मेगावाट) मा हालैका दिनमा आएको निरन्तर वर्षा, पहिरो र बाढीका कारण गम्भीर भौतिक क्षति पुगेको जानकारी दिएको छ।

Shikhar
NIMB

कम्पनीका अनुसार, नेपाल सरकार तथा सम्बन्धित निकायहरूद्वारा समयमै जारी गरिएको सचेतनामाअनुसार १८ आश्विन २०८२ देखि देशका विभिन्न भूभागहरूमा, विशेषगरी इलाम र आसपासका क्षेत्रमा लगातार वर्षा भइरहेको छ, जसका कारण मानवीय तथा भौतिक क्षति समेत भइसकेको छ।

१९ आश्विन २०८२ को बिहान करिब २ देखि ३ बजेका बीचमा आकस्मिक पहिरो र बाढीका कारण एसियन हाइड्रोपावर लिमिटेडद्वारा निर्माण तथा सञ्चालनमा रहेको लोअर जोगमाई खोला जलविद्युत् आयोजनाको संरचनात्मक भागहरूमा गम्भीर क्षति पुगेको बताइएको छ। हालसम्म पनि खोला पूर्ण रूपमा शान्त नभएकाले क्षतिको विस्तृत मूल्याङ्कन कार्य जारी नै रहेको कम्पनीले जनाएको छ।

हालको अवस्थामा आयोजनाबाट विद्युत् उत्पादन पूर्ण रूपमा रोकिएको छ। क्षतिको मूल्याङ्कन पश्चात् पुनः सञ्चालनका लागि आवश्यक उपायहरू अवलम्बन गरिने जनाइएको छ।

एसियन हाइड्रोपावर लिमिटेडले यस आपत्कालीन अवस्थामा सबै सरोकारवाला निकायहरूलाई आवश्यक सहयोग तथा सहकार्यको लागि अनुरोध समेत गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया