NIMB Header 2
Nepal Life

शेयर बजार नकारात्मक हुँदा पनि सर्वाधिक धेरै बढेका १० कम्पनी, माइक्रोफाइनान्स र हाइड्रोपावरको क्षेत्रमा सुधार

Citizen Life
  • BFIS News
  • 2025 Oct 06 15:40
शेयर बजार नकारात्मक हुँदा पनि सर्वाधिक धेरै बढेका १० कम्पनी, माइक्रोफाइनान्स र हाइड्रोपावरको क्षेत्रमा सुधार
National Life

काठमाडौं। विभिन्न राजनीतिक उतारचढाव तथा आन्दोलनका क्रममा खस्किएको शेयर बजारमा अधिकाम्स कम्पनीको शेयर मूल्य निकै तल्लो विन्दुमा झरेको छ। कहिले दुर्गा प्रसाईको आन्दोलन त कहिले जेनजी आन्दोलनले शेयर बजारलाई नराम्रो सँग असर पारेको छ। अझ जेनजी आन्दोलन पश्चात खुलेको शेयर बजारमा नकारात्मक सर्किट लाग्यो।

NIMB

यस क्रममा अधिकाम्स कम्पनीको शेयर मूल्य तल्लो विन्दुमा झरेको छ। यस अवधिमा पनि केहि यस्ता कम्पनी छन् जसले वर्षदिनभरिकै सर्वाधिक मूल्य बनाउन सफल देखिएका छन्।

आशा लघुवित्त वित्तीय संस्था

हाल दोस्रो बजारमा आशा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १०३२ रुपैयाँ रहेको छ। कम्पनीको शेयर मूल्य गएको जेठ ३१ गते सबैभन्दा कम ७८७ रुपैयाँ रहेकोमा भदौ १६ गते सबैभन्दा धेरै १०६३ रुपैयाँसम्म पुग्यो । गएको वर्ष १५ प्रतिशत लाभांश दिएको संस्थाले यस वर्ष भने घोषणा गर्न बाँकी छ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था

आत्मनिर्भर लघुवित्तको शेयर मूल्य पनि एक वर्षको अवधिमा सबैभन्दा धेरै बढ्ने भित्र पर्छ। कम्पनीको शेयर मूल्य ६२२४ रुपैयाँ रहेको छ। गत वर्षको असोज २३ गते ३७८८ रुपैयाँ रहेको छ यस संस्थाको शेयर मूल्य सर्वाधिक धेरै ६७३२ रुपैयाँसम्म पुग्यो। चुक्ता पूँजी ७ करोड ८३ लाख रुपैयाँ मात्रै रहेको यस संस्थाको शेयर मूल्य कम सप्लाइकै कारण उच्च विन्दुमा छ।

हिमस्टार उर्जा कम्पनी

आइपिओ निष्काशन पछि लगातार बढ्ने क्रममा कम्पनीको शेयर मूल्य ६९३ रुपैयाँसम्म पुग्यो। अहिले ६८८ रुपैयाँ रहेको छ। यसमा पनि आइपिओ पछिको कम सप्लाइको फाइदा उठाउदै अधिकतम मूल्य कामय गर्न सफल भएको हो।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था

इन्फिनिटी लघुवित्त वित्तीय संस्था पनि एकवर्ष यताकै सर्वाधिक पढ्ने भित्र पर्छ। यसको शेयर मूल्य १२०३ रुपैयाँ रहेको छ। एक वर्ष दिनमा सर्वाधिक कम ८०१ रहेको यसको शेयर मूल्य १२६७ रुपैयाँसम्म पुग्यो।

मैलुङ खोला जलविद्युत कम्पनी

मैलुङ खोलाको शेयर मूल्य अहिले ६०८ रुपैयाँ रहेको छ। एक वर्षको अवधिमा सर्वाधिक कम ४१५ रुपैयाँ रहेकोमा सर्वाधिक धेरै ६२० रुपैयाँसम्म पुग्यो। हाल यो कम्पनी लाभांश दिन सक्ने हैसियतमा छ।

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकको शेयर मूल्य ४५९ रुपैयाँ रहेको छ। एक वर्षको अवधिमा यसको सर्वाधिक कम ३५० रुपैयाँसम्म झर्यो भने सर्वाधिक धेरै ४९१ रुपैयाँसम्म पुग्यो।

राधि विद्युत कम्पनी

राधि विद्युत कम्पनीको शेयर मूल्य ७५१ रुपैयाँ रहेको छ। वर्षदिनमा कम्पनीको शेयर मूल्य सर्वाधिक कम ३२८ रुपैयाँसम्म तल झर्यो भने अधिकतम ८७० रुपैयाँसम्म पुग्यो।

साहास उर्जा कम्पनी

साहस उर्जाको शेयर मूल्य ६५७ रुपैयाँ छ। वर्षदिन भित्र सर्वाधिक कम ४४६ रुपैयाँ रहेकोमा सर्वाधिक धेरै ६९० रुपैयाँसम्म पुग्यो।

युनाइटेड मोदी हाइड्रोपावर

युनाइटेड मोदीको शेयर मूल्य ५५४ रुपैयाँ छ। एक वर्षको अवधिमा सर्वाधिक कम २८२ रुपैयाँ मात्रै रहेकोमा सर्वाधिक धेरै ६०६ रुपैयाँसम्म पुग्यो।

युनियन हाइड्रोपावर

युनियन हाइड्रोपावर कम्पनीको शेयर मूल्य ३८९ रुपैयाँ छ। यसको पनि २८१ रुपैयाँबाट ४३३ रुपैयाँसम्म पुगेको थियो।  

अहिले लघुवित्त वित्तीय संस्था र जलविद्युत क्षेत्रका केहि कम्पनीहरुको शेयर मूल्यमा मात्रै केहि थोरै सुधार देखिएको छ। यस बाहेक अधिकाम्स कम्पनीको शेयर मूल्य बढ्न सकेको छैन। विशेषगरी जेनजी आन्दोन पछि नकारात्मक सर्किट लाग्दा कम्पनीहरुको शेयर मूल्यमा एकदमै ठुलो गिरावट आइरहेको थियो।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया