NIMB Header 2
Nepal Life

शेयर बजारका सर्वाधिक महंगा १० कम्पनी, जसले बजार बढ्दा अझै बनाउनेछ मालामाल

Citizen Life
  • BFIS News
  • 2025 Oct 07 06:51
शेयर बजारका सर्वाधिक महंगा १० कम्पनी, जसले बजार बढ्दा अझै बनाउनेछ मालामाल
National Life

काठमाडौं। दोस्रो बजारमा सूचिकृत कम्पनी मध्ये सर्वाधिक महंगो युनिलिभरको शेयर मुल्य प्रति कित्ता ४९ हजार रहेको छ। यस कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट अहिलेसम्मकै सबैभन्दा धेरै १८४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

NIMB

राष्ट्रिय बीमा कम्पनी

दोस्रो नम्बरमा रहेको राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य १५ हजार २३० रुपैयाँ छ। साथै यसको संस्थापक शेयर १२ हजार ६०६ रुपैयाँ रहेको छ। विगत १० वर्षदेखि कम्पनीले साधारणसभा गर्न सकेको छैन। कम्पनीले अझै ५/७ वर्षको लेखापरीक्षण गर्न बाँकी छ। लेखापरीक्षण गर्न नसक्दा कम्पनीले नियामकीय पूँजी जुटाउन सकेको छैन। यसले गर्दा कम्पनीको जगेडा कोषमा नियामकीय पूँजी जुटाउन पुग्ने यथेष्ट रकम रहेको छ। यहि कारण यो कम्पनीका शेयरधनी कम्पनीको लेखापरीक्षण र साधारणसभा कुरेर बसेका छन्। लेखापरीक्षण सम्पन्न हुने संकेत पाउनासाथ यसको शेयर मूल्य ३० हजार भन्दा माथि पुग्ने शेयर लगानीकर्ताहरुको प्रक्षेपण छ। त्यसैले यो कम्पनी अवको केहि समयका लगानीकर्तालाई मालामाल बनाउने कम्पनी भित्र पर्छ।

बोटलर्स नेपाल

तेस्रो धेरै महंगो बोटलर्स नेपाल बालाजु र तराइ रहेको छ। हाल यसको शेयर मूल्य १५ हजार ७०० र ११ हजार ३०० रुपैयाँ रहेको छ। दोस्रो बजारमा एकदमै कम शेयर सप्लाइ रहेकै कारण यसको शेयर मूल्य माथि छ। लाभांश वितरण हेर्ने हो भने त्यति धेरै आकर्षक छैन।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था

लघुवित्त वित्तीय संस्था मध्ये सबैभन्दा महंगो यस संस्थाको शेयर मूल्य ६ हजार २२४ रुपैयाँ रहेको छ। दोस्रो बजारमा एकदमै कम शेयर सप्लाइ रहेको यस संस्थाले हकप्रद शेयर निष्काशन गर्न सक्छ भन्ने अनुमान लगाउदै यसमा लगानीकर्ताको आकर्षण देखिन्छ।

साल्ट ट्रेडिङ

कम सप्लाइको अर्को उदाहरण हो साल्ट ट्रेडिङ। यसको दोस्रो बजारमा खासै धेरै कारोबार नै हुँदैन। दोस्रो बजारमा एकदमै कम मात्रामा सप्लाइ रहेकै कारण ट्रेडरको रोजाइमा पर्ने गरेको छ। यसको शेयर मूल्य ५३९५ रुपैयाँ रहेको छ।

विशाल बजार

शेयर पूँजी धेरै तर सर्वसाधारणमा सप्लाइ एकदमै कम भएकै कारण विशाल बजारको शेयर मूल्य माथि छ। हाल यसको शेयर मूल्य ४९६२ रुपैयाँ छ। सरकारले आफ्नो नामको जग्गालाई क्यापिटलाइज गरे सँगै यसको शेयर मूल्य ४ अर्ब एक करोड रहेको छ। यसको सर्वसाधारण सँग १.०४ प्रतिशत अर्थात ४ लाख १८ हजार कित्ता मात्रै रहेको छ। यसले गर्दा ट्रेडरको पहिलो रोजाइमा पर्छ।

उपकार लघुवित्त वित्तीय संस्था

उपकारको शेयर मूल्य ३५९० रुपैयाँ छ। एक वर्षको अवधिमा यसको शेयर मूल्य २८७३ बाट ६६०० रुपैयाँ पुगेको थियो। यसको पनि शेयर सप्लाइ कम भएकै कारण लगानीकर्ताको रोजाइमा परेको हो।

समाज लघुवित्त

समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य २७०३ रुपैयाँ छ। यस सँगको पनि शेयर मूल्य २०९२ बाट बढेर ४१८१ रुपैयाँसम्म पुगेको थियो।

सिइडिबी होल्डिङ

सिइडिबी होल्डिङको शेयर मूल्य २३५६ रुपैयाँ छ। एक अर्ब तीन करोड चुक्ता पूँजी रहेको यसको दोस्रो बजारमा शेयर सप्लाइ ३० प्रतिशत अर्थात ३१ करोड २ लाख रहेको छ।

सपोर्ट माइक्रोफाइनान्स

सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्य २२५५ रुपैयाँ रहेको छ। एक वर्षको अवधिमा यसको शेयर मूल्य १७२० रुपैयाँबाट बढेर ४०२६ रुपैयाँसम्म पुगेको थियो।

पछिल्लो समय हिमालयल डिष्ट्रिलरी, सिमेन्ट, उत्पादन तथा प्रशोधनमुलक कम्पनीहरुले बजार लिन सकेका छैनन्। जसले यस अगाडीको बुलमा शेयर मूल्य बढाउन पूँजी बृद्धिको योजनालाई अगाडी बढाए। जसले गर्दा ओभर सप्लाइकै कारण ति कम्पनी माथि जान सकेका छैनन्।

लघुवित्त वित्तीय संस्थाहरुको हकमा अझै पनि धेरै सम्भावना रहेको विश्लेषकहरु बताउछन्। राष्ट्र बैंकले हकप्रद निष्काशनको बाटो खोलिदिने वित्तीकै अधिकाम्स लघुवित्तले पूँजी बृद्धि सुरु गर्नेछन्। यस सँगै दोस्रो बजारमा लघुवित्तको बजार उचालिनेछ। तर ओभर सप्लाइका बैंक बीमा कम्पनी तथा इन्भेष्टमेन्ट कम्पनीहरुले भने राम्रो बजार मूल्य पाउन सक्ने अवस्था छैन।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया