NIMB Header 2
Nepal Life

अविरल वर्ष पछिको बाढी पहिरोको असर शेयर बजारमा: ५८ अंकको गिरावट, राजनीतिक अन्यलता अर्को कारण

Citizen Life
  • BFIS News
  • 2025 Oct 07 15:06
अविरल वर्ष पछिको बाढी पहिरोको असर शेयर बजारमा: ५८ अंकको गिरावट, राजनीतिक अन्यलता अर्को कारण
National Life

काठमाडौं। यहि मंसिर १७ र १८ गतेको अविरल वर्ष पछि आएको बाढी र पहिरोका कारण जनधनमा ठुलो क्षति पुर्याए सँगै यसको प्रभाव शेयर बजारमा परेको छ। यसका साथै ठिक एक महिना अगाडी जेनजी आन्दोलनका कारण अर्थतन्त्रमै ठुलो धक्का लागि सकेको छ। कहिले प्राधिकृत प्रकोप त कहिले मानव सिर्जित घटनाले गर्दा पछिल्लो समय शेयर बजारका लागि सबैभन्दा असहज अवस्था सिर्जना भएको छ। 

NIMB

दशै विदा पछि खुलेको शेयर बजारले पहिलो दिनमै ठुलो धक्का दिएको छ। नेप्से सूचक ५८.५५ अंकले घट्दा लगानीकर्ताको पोर्टफेलियो निकै तल झरेको छ। आज कारोबार रकम ४ अर्ब ६२ करोडमा सिमित भएको छ। जम्मा १६ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा २३५ वटा कम्पनीको शेयर मूल्य घटेको छ। आज अधिकाम्स ऋणपत्रमा सुधार देखिएको छ। संस्थागत लगानीकर्ताले ऋणपत्र सुरक्षित गरेका छन्। 

यसै विचमा विश्व बैंकले नेपालको आर्थिक बृद्धिदर सन् २०२६ मा झन तल झर्ने प्रक्षेपण गरेको छ। विश्व बैंकले जेनजी आन्दोलनका कारण मुलुकको आर्थिक अवस्था कमजोर रहेको भन्दै बृद्धिदर तल झर्ने प्रक्षेपण गरेको हो। 

अझै पनि राजनीतिक अन्योलता समाप्त हुन सकेको छैन। आगामी फागुन २१ गते हुने भनिएको निर्वाचन पनि हुने या नहुने अनिश्चिता छ। यदि समयमा चुनाव भयो भने अहिलेको राजनीतिक डिष्कोर्ष पुरा हुन्छ। यदि चुनाव हुन सकेन भने राजनीतिक अन्योलता थप गहिरिएर जान्छ। यसले गर्दा शेयर बजार आज सबैभन्दा धेरै त्रसिद बनेको छ। 

शेयर बजारमा ठुलो ठुलो लगानी गर्नेहरु समेत यस अवस्थामा फसेर बसेका छन्। यद्यपी आज अन्तिम समयमा ६५ अंक भन्दा माथिले घटेको बजारमा ५८ अंकसम्मको गिरावट देखियो। आजको ठुलो गिरावटले भोलिका लागि घटेको मूल्यमा शेयर खरिद गर्ने हाबी हुन सक्ने विश्लेषण गरिएको छ। 

अहिले राजनीतिक अन्योलता बाहेक आर्थिक सूचकहरु सबै सकारात्मक छन्। बैंकहरुमा प्रयाप्त तरलता छ। सूचिकृत कम्पनीहरु लाभांश वितरण गर्ने तयारीमा छन्। यदि भोलिदेखि सामान्य सुधार हुन थाल्यो भने कम्पनीहरले लाभांश घोषणा गर्न थाल्ने छन्। केहि जलविद्युत कम्पनीमा बाढीले असर गरेको भए पनि बीमाबाट कभर हुने भएकाले निश्चित समय पछि पुर्ववत अवस्थामा फर्किन सक्ने आकलन गरिएको छ। 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया