NIMB Header 2
Nepal Life

चरम गिरावट आउदा पनि यि हुन लगानीकर्ताको सर्वाधिक रोजाइमा परेका १० कम्पनी

Muktinath Bank
  • BFIS News
  • 2025 Oct 07 16:19
चरम गिरावट आउदा पनि यि हुन लगानीकर्ताको सर्वाधिक रोजाइमा परेका १० कम्पनी
Everest Bank

काठमाडौं। नेप्से सूचक तल माथि हुनुलाई स्वभाविक मानिन्छ। तर अस्वभाविक रुपमा हुने उतारचढावले भने बजारको स्थिरतामाथि शंका पैदा गर्छ। पछिल्लो दुई घटनाले शेयर बजार कतिसम्म अस्थिर रह्यो त्यो त हामी सबैले अनुभव गरिसक्यौ।

Shikhar
NIMB

यसै क्रममा कतिपय यस्ता कम्पनी छन् जो पछिल्ला दिनमा सदावहार लगानीकर्ताको रोजाइमा पर्दै आइरहेका छन्। बजार घट्दा होस् या बढ्दा दुबै परिस्थितिमा यि केहि कम्पनी छन् जसको शेयर कारोबार सर्वाधिक धेरै हुने गरेको छ।

आज भएको शेयर कारोबारका हिसावले हेर्ने हो भने सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोपावरको २८ करोड ३१ लाखको खरिद बिक्री भएको छ। दोस्रो नम्बरमा रहेको नेपाल पुनर्बीमा कम्पनीको १९ करोड ४५ लाखको खरिद बिक्री भएको छ। तेस्रो नम्बरमा रहेको हिमालयन रिको १२ करोड ६१ लाखको खरिद बिक्री भएको छ। त्यस्तै शिवम सिमेन्टको १२ करोड २३ लाख, सिनर्जी पावरको ११ करोड ९९ लाख, एनआरएन इन्फ्राष्ट्रक्चरको ११ करोड ५३ लाख, मैलुङ खोला जलविद्युतको १० करोड ९६ लाख, राधि विद्युतको १० करोड ४२ लाख, सिक्लेस हाइड्रोपावरको १० करोड २४ लाख र हिमालयन डिष्ट्रिलरीको ९ करोड ७२ लाखको खरिद बिक्री भएको छ। यसरी बजार चरम गिरावट हुँदा पनि माथिका कम्पनीमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिएको हो।

यस बाहेक पछिल्लो १८० कारोबार दिनलाई आधार मान्ने हो भने लगानीकर्ताको सर्वाधिक रोजाइमा ङादी ग्रुप पावर परेको छ। यसको मात्रै यस अवधिमा ३८ अर्ब ७२ करोडको खरिद बिक्री भएको छ। दोस्रो धेरै कारोबार राधि विद्युतको ३७ अर्ब ६० करोडको भएको छ। यसरी पहिलो र दोस्रो धेरै रोजाइमा जलविद्युत परेका छन्। यस पछिको तेस्रो रोजाइमा नेपाल पुनर्बीमा कम्पनी परेको छ। यसको पनि यस अवधिमा २९ अर्ब ४१ करोडको खरिद बिक्रि भएको छ। यस पछिको रोजाइमा सानिमा माइ हाइड्रोपावर परेको छ। यसको पनि समिक्षा अवधिमा २७ अर्ब ७५ करोडको खरिद बिक्रि भएको छ। यस पछि हिमालयन रिइन्स्योरेन्सको २७ अर्ब ५६ करोडको खरिद बिक्री भएको छ।

डलर पिपिएका आयोजना खरिद गर्ने समाचारले उचालिएको बुटवल पावर पनि सर्वाधिक धेरै लगानीकर्ताको रोजाइमा परेको छ। यसले गर्दा कम्पनीको शेयर मूल्य ४ सयको हाराहारीबाट ८ सय भन्दा माथि नाघ्यो। अहिले पनि ७२२ रुपैयाँ छ। यसको दोस्रो बजारमा मात्रै २७ अर्ब १० करोडको खरिद बिक्री भयो।

एनआरएन इन्फ्राष्ट्रक्चर पनि लगानीकर्ताको सर्वाधिक रोजाइमा पर्छ। १८० करोबार दिनमा यसको २५ अर्ब ५९ करोडको खरिद बिक्री भयो। लगानीकर्ताको रोजाइमा परेको अर्को कम्पनी हो, युनिभर्सल पावर कम्पनी। यसको २४ अर्ब ३८ करोडको खरिद बिक्री भयो। त्यस्तै शिवम सिमेन्ट पनि लगानीकर्ताको सर्वाधिक रोजाइमा परेको छ। यसको पनि १७ अर्ब ३२ करोडको खरिद बिक्री भयो। यद्यपी यसले विगतका वर्षको जति शेयर मूल्य कामय गर्न सकेको छैन। सहास उर्जाको पनि १४ अर्ब ९९ करोडको खरिद बिक्री भयो। हिमालयन डिष्ट्रिलरी लगानीकर्ताको सधै रोजाइमा पर्छ। यस वर्ष पनि गएका वर्षमा वितरित बोनस शेयरको कारण ओभर सप्लाइ हुँदा मूल्य सँगै कारोबारमा भने अगाडी देखिएको छैन। तै पनि ११ नम्बरमा भने परेको छ।

टप १० कम्पनी बाहेक टप २० भित्र पर्न सफल अन्य कम्पनीहरु सिइडिबी होल्डिङ, सिङ्गटी हाइड्रो इनर्जी, एचआइडिसिएल, अरुण भ्याली हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, लुम्बिनी विकास बैंक, अरुण काबेली र निफ्रा छन्।

 शेयर बजारले एक पछि अर्को झट्का बेहोर्दै आइरहेको छ। कहिले जेनजी आन्दोलन त कहिले बाढी पहिरो अझ यस भन्दा अगाडी दुर्गा प्रसाइको आन्दोलनले पनि बजारलाई प्रताडित बनायो। यस क्रममा जेनजी आन्दोलन पछि खुलेको बजारमा नकारात्मक सर्किट लाग्यो। अहिले बाढी पहिरो पछि खुलेको शेयर बजारमा ५८ अंकको गिरावट सामना गर्नु पर्यो। यद्यपी यस वर्ष नेप्से सूचक गएको साउन २९ गते सर्वाधिक उचाइमा पुग्ने क्रममा ३००३ अंकसम्म पुग्यो। यस बाहेक शेयर बजारलाई फेबर गर्ने अन्य आर्थिक सूचकहरु हामी माझ छन्। यसले निकट भविष्यमा शेयर बजारले नया विन्दु कायम गर्दै सर्वाधिक धेरैको अंकलाई तोडने छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया