NIMB Header 2
Nepal Life

शेयर बजारको प्राविधिक विश्लेषण: नेप्से सपोर्ट नजिक, बाउन्स व्याकको संकेत

Muktinath Bank
  • खेमराज खनाल
  • 2025 Oct 08 10:23
शेयर बजारको प्राविधिक विश्लेषण: नेप्से सपोर्ट नजिक, बाउन्स व्याकको संकेत
Everest Bank

काठमाडौं, असोज २२– हाल नेप्से (NEPSE) सूचक 2,604.96 मा झरेको छ, जुन अघिल्लो दिनको तुलनामा २.२०% ले घटेको हो। बजार अहिले प्रमुख सपोर्ट जोन २५५०–२५६० नजिक आइपुगेको छ। पछिल्लो समय २७०० भन्दा माथि जान नसकेको बजार फेरि दबाबमा आएको देखिएको छ।

Shikhar
NIMB

छोटो अवधिको प्रवृत्ति हेर्दा बजार बियरिश देखिए पनि यो सपोर्ट नजिकै रहेको कारण बाउन्स ब्याकको सम्भावना कायमै रहेको प्राविधिक विश्लेषकहरुको विश्लेषण छ। मध्यम अवधि तर्फ बजार अझै पनि रिकभरी मोडमा प्रवेश गर्न सकेको छैन भने दीर्घकालीन रूपमा बजार करेक्सन फेजमा छ, जहाँ अब ‘एक्यूमुलेशन जोन’ सुरु हुने संकेत देखिन्छ।

प्राविधिक विश्लेषणअनुसार बजारको अवस्था यस्तो छ:

१. RSI लगभग ४० मा छ, जुन न्यूट्रल जोनमा पर्ने संकेत हो। RSI ले देखाएको संकेतअनुसार बजार तल धेरै स्पेस छैन, जुन ओभरसोल्ड जोन नजिक पुग्न थालेको बुझिन्छ।

२. MACD नेगेटिभ अवस्थामा छ, जसले मोमेन्टम अझै कमजोर रहेको देखाउँछ। यद्यपि MACD लाइनहरू एकअर्का नजिक पुगेकाले अब क्रसओभरको सम्भावना पनि देखिन्छ, जसले बाउन्स ट्रिगर गर्न सक्छ।

३. भोल्युम घट्दो क्रममा रहेको छ, जसले हालको प्यानिक सेलिङ अवस्था विस्तारै थामिन थालेको संकेत गर्दछ। बजार स्थिरता तर्फ जान सक्ने सम्भावना देखिन्छ।

४. बोलिन्जर ब्यान्ड अनुसार क्यान्डल तल्लो ब्यान्ड नजिक छ, जुन प्राविधिक रूपमा सम्भावित बाउन्स जोन मानिन्छ।

मुख्य सपोर्ट र रेसिस्टेन्स क्षेत्रहरू:

 २५५०–२५६०: हालको प्रमुख सपोर्ट जोन (यो नटुटे बाउन्स सम्भव)

 २५००: अन्तिम बलियो सपोर्ट

 २६७५–२७००: पहिलो प्रतिरोध क्षेत्र

 २७५०–२७८०: दोस्रो प्रतिरोध, जुन पार गरे बजार ट्रेन्ड रिभर्सल तर्फ जान सक्छ

के गर्ने? (Action Plan)

बजार यदि २५५०–२६०० को बीच रहन्छ भने बिस्तारै २०-३०% लगानी गर्दै accumulate गर्न सकिने अवस्था छ। बजार २७०० माथि बन्द भएमा थप ६०% लगानी थप्न सकिन्छ, किनभने यो बुलिश संकेत हुनेछ।

बजार २५५० तल झर्यो भने स्टप-लस राखेर पर्खने रणनीति अपनाउनु उपयुक्त हुन्छ। दीर्घकालीन लगानीकर्ताहरूका लागि अहिलेको अवस्था एक्यूमुलेसन फेज भएकाले प्यानिक सेल गर्न सल्लाह दिइन्न।

बजार अहिले सपोर्ट नजिक छ र प्राविधिक रूपमा बाउन्सको सम्भावना बलियो देखिन्छ। यदि २५५० तिर टिक्यो भने, छोटो अवधिमा बजार २७००–२७५० सम्म रिबाउन्स हुन सक्छ। तर, २५५० लाई ब्रेक गरेर तल झर्यो भने बजार फेरि २५०० तिर झर्न सक्ने खतरा रहन्छ।

अहिले संयम अपनाउने समय हो। जबसम्म बजार २५५० भन्दा तल झर्दैन, तबसम्म प्यानिक हुने अवस्था छैन। यदि बजार २७०० माथि बन्द भयो भने, नयाँ बुलिश ट्रेन्ड सुरु हुने सम्भावना बलियो हुन्छ।

(खेमराज खनाल बजार विश्लेषक हुन्।)

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया