NIMB Header 2
Prabhu Mahalaxmi

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग

United Ajod
  • BFIS News
  • 2025 Oct 08 11:34
सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग
IME LIFE

काठमाडौं । राष्ट्र पुनर्निर्माणको महान अभियानमा हातेमालो गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा एक करोड पचास लाख रुपैयाँ (रु. १,५०,००,०००/-) सहयोग गरेको छ।

Nepal Life
NIMB

कम्पनीका सञ्चालक चुडामणि देवकोटा र प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले उक्त रकमको चेक अर्थमन्त्री रामेश्वर खनाललाई अर्थ मन्त्रालयमा एक औपचारिक समारोहबीच हस्तान्तरण गरेका हुन्।

उक्त कोष नेपाल सरकारले सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र उद्धार कार्यका लागि स्थापना गरेको हो। हाल देशका विभिन्न क्षेत्रमा आएको प्राकृतिक विपद्ले क्षति पुर्‍याएका पूर्वाधारहरुको पुनःनिर्माणका लागि कोषमार्फत आवश्यक वित्तीय स्रोत परिचालन भइरहेको छ।

सो अवसरमा अर्थमन्त्री खनालले राष्ट्रको आवश्यकता र संकटको समयमा सहयोगका लागि अघि आएकोमा कम्पनीप्रति धन्यवाद व्यक्त गर्दै यस्तो सहयोगले अन्य संस्थाहरुलाई पनि समाजप्रति उत्तरदायी बन्न प्रेरणा दिने बताए।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत देश र समाजका हितमा निरन्तर योगदान गर्दै आएको बताउँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले भविष्यमा पनि यस्ता गतिविधिमा सक्रिय रहने प्रतिबद्धता जनाए।

यस किसिमको सहयोगले पुनर्निर्माण अभियानलाई गति प्रदान गर्ने र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रको आर्थिक पुनरुत्थानमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

जेनजी आन्दोलन तथा बाढी पहिरोका कारण राष्ट्रका सामु ठुलो संकट पैदा भएको छ। सरकार आन्दोलनका क्रममा जलेका संरचनाको पुननिर्माण गर्ने दवावमा रहेको रहेको समयमा यहि सोज १७ र १८ गतेको बाढी पहिरोका कारण भएको क्षतिलाई राहात प्रदान गर्नु पर्ने अवस्थामा पुगेको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया