NIMB Header 2
Nepal Life

धितोपत्र बोर्डका कर्मचारीको आन्दोलन २०औं दिनमा, आज बेलुका बस्ने बोर्ड बैठकले माग सम्बोधन गर्ला ?

Muktinath Bank
  • BFIS News
  • 2025 Oct 12 15:17
धितोपत्र बोर्डका कर्मचारीको आन्दोलन २०औं दिनमा, आज बेलुका बस्ने बोर्ड बैठकले माग सम्बोधन गर्ला ?
Everest Bank

काठमाडौं। नेपाल धितोपत्र बोर्डका कर्मचारीले सुरु गरेको आन्दोलन आज २०औं दिनमा प्रवेश गरेको छ। अर्थ मन्त्रालयले जारी गरेको निर्देशनको विरोधमा कर्मचारीहरूले निरन्तर आन्दोलन गरिरहेका छन्।

Shikhar
NIMB

अर्थ मन्त्रालयले गत असोज ३ गते ‘धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१’ र ‘कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५’ तत्काल खारेज गर्न निर्देशन दिएको थियो। साथै, ती कार्यविधिको आधारमा अघिल्ला वर्षमा कोषबाट भुक्तानी भएका रकम सरकारी बाँकी सरह असुल उपर गर्ने प्रक्रिया सुरु गर्न पनि मन्त्रालयले आदेश दिएको थियो।

यही निर्देशनको विरोधमा कर्मचारीहरूले कार्यालयमा बिहानको पहिलो एक घण्टा धर्ना कार्यक्रम र त्यसपछि पेन डाउन गर्दै आएका छन्। पेन डाउनका कारण हाल बोर्डका सबै दैनिक प्रशासनिक कार्यहरू ठप्प छन्। यसले नयाँ निष्कासन अनुमति र अन्य नियामक प्रक्रिया पनि अवरुद्ध बनेका छन्।

यसबीच, अर्थ मन्त्रालयको उक्त पत्र अझैसम्म धितोपत्र बोर्डको सञ्चालक समितिमा पेस हुन सकेको छैन। बोर्ड बैठक नबसेकाले निर्देशनमाथि छलफल हुन नसकेको हो।

बोर्डका एक सञ्चालकका अनुसार आइतबार बेलुका बोर्ड बैठक बस्ने कार्यक्रम तय भएको छ। बैठकले नयाँ नियुक्त अर्थ मन्त्रालयका प्रतिनिधि सिनियर सहसचिव उत्तर खत्रीलाई सञ्चालकको रूपमा शपथ ग्रहण गराउनेछ। खत्रीले महेश बरालको स्थान लिनेछन्।

स्रोतका अनुसार, सो बैठकमा कर्मचारी आन्दोलन र अर्थ मन्त्रालयको निर्देशन दुबै विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साथै, पूँजीबजार सुधार कार्यदलले हालै पेस गरेको प्रतिवेदनका सिफारिसहरूलाई कार्यान्वयन गर्न तयार गरिएको कार्य योजना पनि बैठकमा पेस गरिनेछ।

अब, बोर्ड बैठकले आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्छ वा अझै विवाद लामो तानिन्छ, त्यसतर्फ पूँजी बजार सरोकारवालाको ध्यान केन्द्रित भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया