NIMB Header 2
Nepal Life

सेयर बजारका लगानीकर्ता र आलोचना गर्ने प्रवृत्तिप्रति नवराज दाहालको चर्को टिप्पणी

Muktinath Bank
  • BFIS News
  • 2025 Oct 13 12:18
सेयर बजारका लगानीकर्ता र आलोचना गर्ने प्रवृत्तिप्रति नवराज दाहालको चर्को टिप्पणी
Everest Bank

काठमाडौं, २७ असोज — सेयर बजारका जानकार तथा विश्लेषक नवराज दाहालले पछिल्लो समय सामाजिक सञ्जाल र मिडिया मार्फत सेयर बजारप्रति सतही बुझाइका आधारमा आलोचना गर्ने लगानीकर्ताहरूमाथि कडा टिप्पणी गरेका छन्।

Shikhar
NIMB

उनको भनाइमा, “पोस्ट मिडियाको हेडलाइन मात्र हेर्ने, कुराको सार नबुझ्ने, टुक्रा टुक्रा गरेर भ्रम फैलाउने र अरुको सफलता देखेर डाहा गर्ने बुमबुमे भेडा लगानीकर्ताहरू सेयर बजारमा आफैं फस्छन् र दोष अरुलाई दिन्छन्।”

बजार बुझ्न प्रयास गर्नु, नकि आलोचना मात्र गर्नु

दाहालले सेयर बजार एक जोखिमपूर्ण क्षेत्र भएको स्पष्ट गर्दै भने, “यहाँ नाफा र घाटा दुवै सम्भावना बराबर हुन्छन्। बुझाई बिना बजार प्रवेश गर्नु स्वयम लगानीकर्ताकै गल्ती हो।”

उनी भन्छन्, “४–१२ देखि सुरु भएको सेयर लोनको क्याप क्रमिक रुपमा लागु हुँदा मैले स्पष्ट भनेको थिएँ— क्यापले बजार रोकेको होइन। तर त्यतिबेला सबैले गालि गरे। आज आएर प्रमाणित भयो— क्याप हट्दा पनि बजार ओरालो झरिरहेको छ।”

तल्लो बिन्दुमा पनि नाफा बुक गर्न सकिन्छ

उनको भनाइमा, सेयर बजारको चाल मात्र हेरेर काम गर्ने भन्दा पनि रणनीति बनाउने र WACC (Weighted Average Cost of Capital) बुझ्ने लगानीकर्ताले घाटा होइन, नाफा निकाल्न सक्छन्।

“किनेको मूल्यभन्दा तल गएर पनि सेयर बेच्दा नाफा हुन्छ भन्ने कुरा धेरैले बुझ्न खोज्दैनन्। तर वास्तविकता यही हो,” उनले भने।

सम्झौता नगर्ने दाहाल, आलोचकलाई ‘भेडा बुमबुमे’को संज्ञा

दाहालले ती लगानीकर्ताहरूमाथि कडा प्रहार गरे, जसले न बजार बुझ्न खोज्छन्, न त योजना अनुसार लगानी गर्छन्। बरु, घाटा आएपछि गालीगलौजमा उत्रिन्छन्।

“बजारको कुनै नियामक निकाय वा विश्लेषकको आलोचना गर्न पाइन्छ, तर स्वतन्त्र लगानीकर्ताको मनोबल गिराउने स्तरको आलोचना गर्नु घटिया सोच हो,” उनले स्पष्ट पारे।

“बजारमा केवल नाफा हुन्छ भन्ने भ्रममा परेर छिरेर घाटा भएपछि गाली गर्न थालेका केही लगानीकर्ताको मानसिक अवस्था गडबडिएको हुन सक्छ, कृपया डाक्टरसँग परामर्श लिनुहोस्,” भन्ने कटाक्ष दाहालको चर्चाको विषय बनेको छ।

म मेरो योजना अनुसार नै लगानी गर्छु

दाहालले अन्त्यमा भने, “मेरो लगानी मेरो योजना अनुसार चल्छ। घाटा हुँदा मैले दोष अरुलाई दिएको छैन। आज बजार झरेको बेला पनि मेरो पोर्टफोलियोका केही कम्पनीहरू नाफामा छन्।”

उनले बजार ओरालो हुँदा डराएर नकिन्ने अनि पछि रोइकराई गर्ने लगानीकर्ताहरूप्रति व्यंग्य गर्दै भने, “यसले आफैंलाई कमजोर बनाउँछ।”

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया