NIMB Header 2
Nepal Life

कुमारी बैंकले कमायो २ अर्ब ९१ करोड खुद ब्याज आम्दानी, नाफा भने घट्यो

NMB Bank
  • BFIS News
  • 2025 Nov 07 10:21
कुमारी बैंकले कमायो २ अर्ब ९१ करोड खुद ब्याज आम्दानी, नाफा भने घट्यो
United Ajod

काठमाडौं । कुमारी बैंक लिमिटेड (KBL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

Shikhar
Nepal Life
NIMB

विवरण अनुसार, बैंकले सो अवधिसम्ममा २ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७७ प्रतिशतले बढी हो। गत वर्षको पहिलो त्रैमासमा बैंकको यस्तो आम्दानी २ अर्ब ८० करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ३९.६३ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानीमा १३.१२ प्रतिशतको वृद्धि भएको छ। तर, खुद ब्याज आम्दानीमा सुधार भए पनि बैंकको सञ्चालन मुनाफा र खुद नाफा दुबै घटेका छन्।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २.०१ प्रतिशतले कम हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब ७ करोड रुपैयाँ थियो।

निष्क्रिय कर्जा बढेका कारण बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब २६ करोड रुपैयाँ पुगेपछि सञ्चालन मुनाफा र खुद नाफामा दबाब परेको बैंकले जनाएको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (EPS) ३३ पैसा घटेर १६ रुपैयाँ ११ पैसामा झरेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ २१ पैसा र मूल्य-आम्दानी अनुपात (P/E ratio) ११.२६ गुणा रहेको छ।

कुल २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कुमारी बैंकको जगेडा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्ममा बैंकले ३ खर्ब ६० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६९ अर्ब ४१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया