NIMB Header 2
Nepal Life

त्रिभुवन विमानस्थलमा चार घण्टा उडान ठप्प

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 09 10:40
त्रिभुवन विमानस्थलमा चार घण्टा उडान ठप्प
Everest Bank

काठमाडौँ, कात्तिक २३ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेका बत्तीको संयन्त्र (एयरफिल्ड लाइटिङ सिस्टम) मा समस्या आएपछि चार घण्टा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सेवा अवरुद्ध भयो । बेलुका करिब ६:०० देखि बन्द उडान राति १०:०० बजेतिर पुनः सञ्चालन भएको थियो । विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार धावनमार्गको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि नोटिस फर एयरम्यान (नोटाम) जारी गरेर मर्मतपछि विमानस्थल सञ्चालनमा ल्याइएको हो । 

Shikhar
NIMB

बेलुकी करिब ६:०० बजेदेखि बन्द उडान राति १०:०० बजेतिर पुनः सञ्चालनमा आएको विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले जानकारी दिनुभयो। उहाँका अनुसार धावनमार्गको बत्ती प्रणालीमा समस्या देखिएपछि नोटिस फर एयरम्यान (NOTAM) जारी गरी मर्मतपछि मात्र विमानस्थल सञ्चालनमा ल्याइएको हो।

धावनमार्ग अँध्यारो भएपछि अन्तर्राष्ट्रिय र आन्तरिक दुबै तर्फका दर्जनभन्दा बढी उडान प्रभावित भएका थिए। कतार एयरवेजको जहाज झण्डै दुई घण्टा आकाशमा फन्को मारेपछि बङ्गलादेशको ढाका डाइभर्ट भएको थियो भने फ्लाई दुबईको जहाज भारतको लखनउ र कोरियन एयरको जहाज दिल्ली डाइभर्ट भएका थिए।

विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार दिनभर दृश्य उडान (VFR) सञ्चालन भए पनि बेलुकादेखि उपकरणमा आधारित उडान (IFR) का लागि आवश्यक बत्तीमा समस्या देखिएपछि प्रविधि–आधारित उडान रोकिएको हो।
“हवाईजहाजलाई राति वा न्यून दृश्य क्षमतामा सुरक्षित अवतरण र उडान गर्न सहयोग गर्ने बत्ती संयन्त्रमा समस्या आएपछि प्रविधि–आधारित उडान चार घण्टा प्रभावित भयो,” उहाँले बताउनुभयो।

किन जहाज सधैं विदेशमै डाइभर्ट हुन्छन् ?

नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल — काठमाडौँ, भैरहवा र पोखरा — सञ्चालनमा रहेका छन्। तर, काठमाडौँ विमानस्थलमा समस्या हुँदा पनि जहाजहरू अझै भारत वा आफ्नै मूल गन्तव्यमा फर्किन बाध्य छन्।

भैरहवा र पोखराका विमानस्थल पूर्ण रूपमा वैकल्पिक अवतरणस्थल बन्न नसकेकाले शनिबार पनि उडानहरू भारततर्फ डाइभर्ट भएका थिए। विगतमा पनि काठमाडौँमा अवरोध हुँदा जहाज पटना र लखनउमा अवतरण गर्ने क्रम रहँदै आएको छ।

नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार विदेशी एयरलाइन्सहरूले नेपालका अन्य विमानस्थललाई विकल्पका रूपमा समावेश नगर्दा यस्तो स्थिति उत्पन्न हुन्छ। साथै, नेपालमा हवाई इन्धनको मूल्य उच्च भएकाले पनि जहाजहरू भारततर्फ डाइभर्ट हुने गरेको बताइन्छ।

अधिकारीका अनुसार, “भैरहवा वा पोखरा विमानस्थललाई वैकल्पिक गन्तव्यका रूपमा प्रयोग गर्न विदेशी एयरलाइन्सका लागि सर्त अघि सार्न आवश्यक छ, तर प्राधिकरणले नियमअनुसार त्यसलाई अनिवार्य गराउन सक्दैन।”

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया