Nepal Life

सुनको मूल्यमा वृद्धि, चाँदीको दरमा गिरावट

NMB Bank
  • BFIS News
  • 2025 Nov 09 11:36
सुनको मूल्यमा वृद्धि, चाँदीको दरमा गिरावट
National Life

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धी भएको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ (FENEGOSIDA) का अनुसार आज सुनको मूल्य तोलामा रु. २०० ले बढेको छ। यससँगै छापावाल (फाइन) सुनको मूल्य तोलाको रु. २,३८,६०० पुगेको छ, जुन हिजोको रु. २,३८,४०० प्रति तोलाको तुलनामा बढी हो।

Shikhar
NIMB

तेजावी सुनको मूल्यमा पनि वृद्धि भएको छ। तेजावी सुन आज तोलामा रु. २,३७,९०० मा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको रु. २,३७,७०० भन्दा रु. २०० ले बढी हो।

यसैबीच, चाँदीको मूल्यमा भने गिरावट आएको छ। आज चाँदी तोलामा रु. ३,०१५ मा कारोबार भइरहेको छ, जुन हिजोको रु. ३,०२० भन्दा रु. ५ ले कम हो।

बढ्दो सुनको मूल्यलाई अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण भएको बताइन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया