Nepal Life

जेनजी आन्दोलन पछि चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा

NMB Bank
  • BFIS News
  • 2025 Nov 09 15:36
जेनजी आन्दोलन पछि चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा
National Life

काठमाडौं। चन्द्रागिरि केबलकार तथा रिसोर्ट  आजबाट पुनः सञ्चालनमा आएको   छ। चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो।

Shikhar
NIMB

केबलकार सेवा पुनः सुचारु भएपछि  पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरु प्राप्त गर्न सक्ने चन्द्रागिरि हिल्सले जनाएको छ।

गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्ण रुपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो।

त्यसयता चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अस्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाइ आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्यहरू पूरा गरी यात्रुहरूका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याएको जनाएको छ।

चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालले ढकालले सेवा पुनः सुरु भएपछि काठमाडौं उपत्यकाको मनोरम दृश्य र शान्त वातावरणको आनन्द लिन आउने पर्यटक तथा भालेश्वर महादेवका श्रद्धालुहरू सबैलाई आमन्त्रण गरेका छन्। सेवा बन्द हुनु अघि, चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुई हजार भक्तजन तथा पर्यटकहरू पुग्ने गरेका थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया