NIMB Header 2
Nepal Life

विदेशी नेपालीका लागि मतदान सुविधा ल्याउन सरकारले सुरु गर्‍यो छलफल

National Life
  • BFIS News
  • 2025 Nov 09 23:48
विदेशी नेपालीका लागि मतदान सुविधा ल्याउन सरकारले सुरु गर्‍यो छलफल
Sanima Reliance

काठमाडौँ, कात्तिक २३ गते । प्रतिनिधि सभा निर्वाचन मिति नजिकिँदै गर्दा सरकारले आगामी फागुन २१ गते हुने चुनावमा नयाँ प्रविधिको प्रयोग गर्दै विदेशमा रहेका नेपाली नागरिकलाई पनि विदेशमै बस्दै आफ्नो मतदान अधिकार प्रयोग गर्न सक्ने व्यवस्था मिलाउने विषयमा छलफल सुरु गरेको छ।

Shikhar
NIMB

आइतबार गृह मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको संयोजनमा आयोजित कार्यक्रममा नयाँ प्रविधि प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, सम्भावित कानूनी चुनौती र आवश्यक कानूनी व्यवस्थाबारे नेपाल पोलिसी इन्स्टिच्युटका विषयविज्ञहरूसँग विस्तृत छलफल गरिएको हो।

गृहमन्त्री ओम प्रकाश अर्यालले कार्यक्रममा बोल्दै भन्नुभयो, “नयाँ प्रविधिमार्फत नेपालभित्र मात्र नभई विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार सुनिश्चित गर्न सरकारले गम्भीरतापूर्वक तयारी गरिरहेको छ।”

उहाँका अनुसार, विभिन्न प्रविधिमध्ये कुन प्रविधि बढी भरपर्दो, सुरक्षित र विश्वसनीय हुन सक्छ भन्ने विषयमा सरोकारवाला निकाय र विज्ञहरूसँग निरन्तर छलफल भइरहेको छ।

सोही अवसरमा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले अहिलेको राजनीतिक परिवर्तन र नयाँ पुस्ताको आकांक्षाअनुसार सरकार, निर्वाचन आयोग र कानून मन्त्रालयले देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने दिशा लिँदै जानुपर्ने आवश्यकता औंल्याउनुभयो।

त्यसैगरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले सरकारले प्रविधिलाई नागरिकमैत्री बनाउँदै निर्वाचन प्रणालीसँग जोड्ने प्रयास गरिरहेको बताउनुभयो। उहाँले प्रविधिको सही र सुरक्षित प्रयोगबारे जनचेतना अभिवृद्धि गर्नका साथै सरोकारवालाबीच निरन्तर छलफल गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाल पोलिसी इन्स्टिच्युटका तर्फबाट डा. खगेन्द्र ढकालले विदेशमा रहेका नेपाली नागरिकलाई पनि विभिन्न प्रविधि प्रयोग गरेर मतदानमा सहभागी गराउन सकिने उपायहरूबारे प्रस्तुति दिनुभएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया