NIMB Header 2
Nepal Life

सुन र चाँदीको मूल्यमा उलेख्य वृद्धि, सुन प्रतितोला रु २ लाख ४१ हजार ५०० पुग्यो

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 10 11:47
सुन र चाँदीको मूल्यमा उलेख्य वृद्धि, सुन प्रतितोला रु २ लाख ४१ हजार ५०० पुग्यो
Everest Bank

काठमाडौं। कात्तिक २४ गते, सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य उलेख्य रूपमा बढेको छ। सुन प्रतितोला रु २,९०० र चाँदी प्रतितोला रु ५० ले बढेको हो।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला रु २ लाख ४१ हजार ५०० मा कारोबार भइरहेको छ। आइतबार सोही सुनको मूल्य रु २ लाख ३८ हजार ६०० थियो। यससँगै सुनको मूल्य लगातार चौथो दिन वृद्धि भएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। सोमबारको बजारमा चाँदी प्रतितोला रु ३ हजार ६५ मा खरिद–बिक्री भइरहेको छ, जुन आइतबारको मूल्य रु ३ हजार १५ को तुलनामा रु ५० ले बढी हो।

वाणिज्य विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग र अमेरिकी डलर कमजोर बन्दा सुन–चाँदीको मूल्यमा लगातार वृद्धि देखिएको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया