NIMB Header 2
Nepal Life

साढे ३ अर्ब लगानीमा बुटवलमा ‘होटल हायात प्लेस’ सञ्चालनमा, लुम्बिनी प्रदेशको पहिलो पाँचतारे होटल

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 10 11:52
साढे ३ अर्ब लगानीमा बुटवलमा ‘होटल हायात प्लेस’ सञ्चालनमा, लुम्बिनी प्रदेशको पहिलो पाँचतारे होटल
Everest Bank

बुटवल। करीब ३ अर्ब ५० करोड रुपैयाँ लगानीमा बुटवलमा अन्तर्राष्ट्रियस्तरको ‘होटल हायात प्लेस (Hyatt Place)’ सञ्चालनमा आएको छ।

Shikhar
NIMB

बुटवल–नारायणगढ सडकखण्डसँगै, बुटवल उपमहानगरपालिका–८ सुख्खानगरमा निर्माण गरिएको यो होटल लुम्बिनी प्रदेशको पहिलो पाँचतारे होटल हो।

यो होटल सफ्रोन सिके प्रालि मार्फत निर्माण गरिएको हो, जसको व्यवस्थापन विश्वप्रसिद्ध हायात होटल समूह (Hyatt Hotels Group) ले गर्नेछ। सफ्रोन सिके प्रालिले हायातसँग दीर्घकालीन सम्झौता गर्दै होटल सञ्चालनमा अन्तर्राष्ट्रिय मापदण्ड लागू गरेको जनाएको छ।

२५ कट्ठा क्षेत्रफलमा फैलिएको होटलमा रूपन्देहीका व्यवसायी चुन्नुप्रसाद पौडेल, नरिश्वर पौडेल, भूमिराज पौडेल, कमलकिशोर मालपानी, उमाशंकर मालपानी र नितेश मालपानीको संयुक्त लगानी रहेको छ। कुल लगानीमा ६५ प्रतिशत बैंक ऋण र ३५ प्रतिशत सञ्चालक समूहको लगानी रहेको सञ्चालक चुन्नुप्रसाद पौडेलले जानकारी दिएका छन्।

पौडेलका अनुसार होटलको निर्माण करिब ५ वर्षको अवधिमा सम्पन्न भएको हो। “हामीले २५ कट्ठा क्षेत्रफलमा करिब ३५० करोड रुपैयाँ लगानी गरेका छौं। ग्लोबल आइएमई बैंक र होटल सफ्रोन सिकेबीच संयुक्त लगानीमा यो होटल निर्माण भएको हो,” उनले भने। “होटल पूर्ण क्षमतामा सञ्चालनमा आएपछि करिब ३५० जनालाई रोजगारी उपलब्ध हुनेछ, जसमा स्थानीयलाई प्राथमिकता दिइनेछ,” उनले थपे।

अत्याधुनिक संरचनामा बनेको यो होटलमा जमिनमुनि दुईतले पार्किङ र जमिनमाथि १० तले भवन रहेको छ। होटलमा ६ श्रेणीका १०९ कोठा छन्, जसमा एकैपटक २५० पाहुना बस्न सक्ने व्यवस्था गरिएको छ।

करिब ५ हजार ७४६ वर्गमिटर क्षेत्रफलमा फैलिएको होटलमा रेस्टुरेन्ट, स्विमिङ पुल, ब्याङ्क्वेट हल, क्यासिनो, स्पा, चारवटा सेमिनार हल लगायतका विलासी सुविधाहरू समावेश गरिएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ किलोमिटर र भारतको बेलहिया सिमानाबाट २८ किलोमिटर दूरीमा अवस्थित यो होटलले लुम्बिनी प्रदेशको आतिथ्य उद्योगमा नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ। होटल हायात प्लेस बुटवलले प्रदेशलाई अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।

होटलको अगाडि नै बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र रहेकोले सम्मेलन, व्यापारिक भ्रमण र पर्यटनका लागि आउने पाहुनालाई सहज आवासीय सुविधा उपलब्ध हुने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया