Nepal Life

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा सात दलद्वारा कार्यालयमा तोडफोड

NMB Bank
  • BFIS News
  • 2025 Nov 10 11:57
मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा सात दलद्वारा कार्यालयमा तोडफोड
National Life

जनकपुरधाम। मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयमा तोडफोड गरिएको छ। घटनामा नेपाली कांग्रेससहित प्रदेशमा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलका नेता र कार्यकर्ताहरू संलग्न रहेको बताइएको छ।

Shikhar
NIMB

सोमबार बिहान प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। त्यसपछि नवनियुक्त मुख्यमन्त्री यादवविरुद्ध सात दलका कार्यकर्ताहरूले कार्यालय अगाडि नाराबाजी गरेका थिए।

यादव मुख्यमन्त्री कार्यालय आउँदैछन् भन्ने जानकारी पाएपछि प्रदर्शनकारी नेता र कार्यकर्ताहरू कार्यालय अगाडि जम्मा भई अवरोध र तोडफोड गरेका हुन्।

आन्दोलनरत दलका कार्यकर्ताहरूले प्रदेश गृह, सञ्चार तथा कानून मन्त्रालयमा समेत तालाबन्दी गरेको समाचार आएको छ। सुरक्षाकर्मीहरूलाई घटनास्थलमा परिचालन गरिएको छ भने स्थिति नियन्त्रणमा लिन पहल भइरहेको प्रदेश प्रहरी स्रोतले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया