Nepal Life

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान

NMB Bank
  • BFIS News
  • 2025 Nov 10 20:37
लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान
National Life

काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले विश्वप्रसिद्ध किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई विशेष सम्मान गरेको छ। बैंकसँग स्थापनाकालदेखि नै “निरन्तर सहयात्रा” गर्दै आएका शेर्पाले हालै ३१ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल भएका थिए। उनले सगरमाथाको शिखरमा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर फहराउँदै ऐतिहासिक सफलता हासिल गरेका हुन्।

Shikhar
NIMB

उक्त अवसरमा बैंकले २०८२ कार्तिक २३ गते एक विशेष सम्मान कार्यक्रमको आयोजना गरी प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराको आतिथ्यतामा कामी रिता शेर्पालाई सम्मान गरेको हो। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बोहराले शेर्पाको असाधारण उपलब्धिको प्रशंसा गर्दै उनको उत्तरोत्तर प्रगतिको कामना गरे।

दुई दशकभन्दा बढी समयदेखि लुम्बिनी विकास बैंक लिमिटेडसँग “निरन्तर सहयात्री” बनेका शेर्पाले आफ्नो यो किर्तिमानी आरोहण केवल व्यक्तिगत उपलब्धि नभई आफ्नो परिवार, शेर्पा समुदाय र सम्पूर्ण नेपालको गौरवका लागि समर्पित भएको बताएका छन्। उनले ३१ औं पटक सगरमाथा आरोहण गर्नु देशकै प्रतिष्ठालाई विश्व मञ्चमा अझ उचो बनाएको पनि बताए।

लुम्बिनी विकास बैंक लिमिटेडले हाल देशका सबै ७ वटै प्रदेशमा आफ्नो सेवा विस्तार गर्दै आएको छ। बैंकका देशभर ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) सञ्चालनमा रहेका छन्। “निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले उच्चस्तरीय, आधुनिक र नविनतम प्रविधि समावेश गरी सुरक्षित र विश्वासिलो बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

यो सम्मान कार्यक्रमले बैंक र कामी रिता शेर्पाबीचको दीर्घ सहकार्यलाई अझ सुदृढ बनाउँदै देशभक्तिपूर्ण भावना र साहसिक उपलब्धिको उदाहरण प्रस्तुत गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया