NIMB Header 2
Nepal Life

जेनजी पुस्तालाई एमालेमा आउन अध्यक्ष ओलीको आह्वान

National Life
  • BFIS News
  • 2025 Nov 10 23:03
जेनजी पुस्तालाई एमालेमा आउन अध्यक्ष ओलीको आह्वान
Sanima Reliance

काठमाडौँ, कात्तिक २४ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्ता, विशेषगरी जेनजी (Gen Z) लाई एमालेमा सामेल हुन आह्वान गर्नुभएको छ। 

Shikhar
NIMB

निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ नाराका साथ सोमबार काठमाडौँमा आयोजित ‘घर फर्क राष्ट्रिय घोषणा सभा’ मा बोल्दै अध्यक्ष ओलीले घर फर्क अभियानको थालनीसँगै नयाँ पुस्तालाई पार्टीमा जोडिन आग्रह गर्नुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, “साथीहरू, घर फर्क अभियान सुरु भएको छ। एमालेमा कहिल्यै नभएका जेनजीका भाइबहिनीहरू अहिले पार्टीमा प्रवेश गर्दै हुनुहुन्छ। यसले नेकपा (एमाले) को भविष्यको दिशा स्पष्ट देखाउँछ। म सबै युवा र जेनजी पुस्तालाई एमालेमा सामेल हुन आग्रह गर्दछु।”

उहाँले आगामी मङसिर २७, २८ र २९ गते काठमाडौँमा हुने एमालेको महाधिवेशनमा सिधैँ नेतृत्व चयनको कार्यक्रम आयोजना हुने जानकारी दिनुभयो। उहाँका अनुसार गत भदौमा ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनमार्फत सङ्गठनात्मक, विधान र राजनीतिक प्रस्तावमा छलफल पूरा भइसकेको छ।

ओलीले थप भन्नुभयो, “आउँदो महाधिवेशन उद्घाटन म गर्छु, तर त्यहाँ भाषण वा छलफल हुँदैन। विधान र प्रस्ताव पारित भइसकेका छन्। अब नेतृत्व चयन नै मुख्य उद्देश्य हो।” उहाँले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गरेर लोकतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा पनि राख्नुभयो।

एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई सही नीति र योजनाका साथ अघि बढाउन एमालेलाई निर्णायक राष्ट्रिय शक्ति का रूपमा विकास गर्नुपर्ने बताउनुभयो। उहाँले भने, “एमाले जनताको रोजाइमा रहेको पार्टी हो। देशलाई समृद्धिको दिशामा लैजान वैचारिक र राजनीतिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्छ। घरबाहिर रहेका, अलमलमा परेका साथीहरूलाई पनि घर फर्कन आह्वान गर्दछु।”

त्यसैगरी, एमालेमा पुनः प्रवेश गरेकी नेतृ रामकुमारी झाँक्रीले विचार र गति मिल्नेहरू एकै ठाउँमा हुँदा राम्रो परिणाम आउने बताउनुभयो। उहाँले भनिन्, “गति र दृष्टिकोण समान भएका व्यक्तिहरू एउटै ठाउँमा हुँदा मात्रै परिवर्तन सम्भव हुन्छ। हामी अवसर खोज्न होइन, अवसर सिर्जना गर्न आएका हौं।”

उहाँले एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुलाई देश निर्माणको दिशामा सोच्नुपर्ने समय आएको बताउनुभयो।

त्यस्तै, आजै एमालेमा पुनः प्रवेश गरेका नेता किसान श्रेष्ठले चार वर्षअघि पार्टीबाट अलग हुने निर्णय गलत भएको स्वीकार गर्नुभयो।

‘घर फर्क अभियान’ घोषणासभामा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिव योगेश भट्टराई, लालबाबु पण्डित, थममाया थापा, महेश बस्नेतलगायतका नेताहरूको सहभागिता थियो।

एमालेले यो अभियान देशभर विस्तार गर्ने योजना रहेको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया