Nepal Life

भारतीय भूमिबाट हाइना नेपाल प्रवेशको आशंका

NMB Bank
  • BFIS News
  • 2025 Nov 10 23:25
भारतीय भूमिबाट हाइना नेपाल प्रवेशको आशंका
National Life

रङ्गेली समाचारदाता, विराटनगर, कात्तिक २४ गते । मोरङको रङ्गेली नगरपालिकासँग सीमा जोडिएको भारतीय भूभागमा देखिएको हाइना (हुँडार) नेपालतर्फ प्रवेश गरेको आशंका गरिएको छ।

Shikhar
NIMB

रङ्गेली नगरपालिका–५ का आँपगाछी र धनपति क्षेत्रमा शनिबार साँझ स्थानीयले हाइना देखेको बताएका थिए, तर सरकारी निकायले भने अहिलेसम्म यसको औपचारिक पुष्टि गर्न सकेको छैन।

इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक नगेन्द्र बोगटीका अनुसार स्थानीयले हाइना देखिएको बताएका स्थानमा प्रहरी पुगे पनि त्यहाँ कुनै जनावर फेला परेन। “रङ्गेली क्षेत्रमा अहिले हाइना देखिएको हल्ला निराधार हो,” निरीक्षक बोगटीले भन्नुभयो, “केही दिनअघि टकुवामा पनि हाइनाले आक्रमण गरेको भनिएको थियो, तर अस्पतालमा त्यस्तो घटना दर्ता भएको छैन।”

उहाँका अनुसार सामाजिक सञ्जालमा फैलिएको हाइनाको तस्बिर पनि नेपाली नभई भारतीय भूमिमा खिचिएको हो।

यसअघि डिभिजन वन कार्यालय मोरङले हाइना सीमा नजिक देखिएकाले नेपालतर्फ प्रवेश गर्न सक्ने भन्दै एक साताअघि नै प्रहरीलाई सचेत रहन आग्रह गरेको थियो।

वन अधिकृत तथा सूचना अधिकारी रामलखन ठाकुरका अनुसार भारततर्फ हाइनाले केही क्षति पु¥याएको सूचना प्राप्त भएपछि सतर्कता अपनाइएको हो। उहाँले भन्नुभयो, “हाइना नेपाल प्रवेश गर्ने सम्भावना धेरै छ, त्यसैले हामीले प्रहरी र स्थानीयलाई सतर्क रहन आग्रह गरेका छौँ।”

ठाकुरका अनुसार हाइना दिउँसो प्रायः देखिँदैन र राति मात्र सक्रिय हुन्छ। अहिले धानबालीको सिजन भएकाले हाइना दिनभर खेतमा सुत्ने र राति सिकारका लागि निस्कने प्राणी भएकाले स्थानीयले सचेत रहनुपर्ने उहाँको भनाइ छ।

सबडिभिजन वन कार्यालय रङ्गेलीको टोलीले स्थानीयसँग सहकार्य गर्दै हाइनासम्बन्धी जानकारी संकलन र जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिरहेको छ।

हालसम्म नेपाली भूमिमा हाइना देखिएको ठोस प्रमाण भने फेला परेको छैन।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया