NIMB Header 2
Nepal Life

बानेश्वरमा तोडफोड र आगजनीमा संलग्न युवक पक्राउ

National Life
  • BFIS News
  • 2025 Nov 10 23:49
बानेश्वरमा तोडफोड र आगजनीमा संलग्न युवक पक्राउ
Sanima Reliance

काठमाडौँ, कात्तिक २४ गते । प्रदर्शनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनमा तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा प्रहरीलाई दुर्व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

Shikhar
NIMB

पक्राउ पर्ने युवक सिराहा नगरपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–३१, आलोकनगर बस्ने २२ वर्षीय सेख सिद्धिकी हुन्। उनलाई आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रहरीले सिद्धिकीको कोठामा खानतलासी गर्दा ग्यास गनका दुईवटा सेल बरामद गरेको जनाएको छ। घटनामा संलग्न रहेको प्रारम्भिक प्रमाणका आधारमा उनलाई नियन्त्रणमा लिइएपछि आपराधिक उपद्रव तथा हातहतियार र खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, सिद्धिकीमाथि दर्ता गरिएको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान जारी रहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, तोडफोड र आगजनीमा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान गरी खोजी कार्य अगाडि बढाइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया