शिवम् सिमेन्ट र हिमाल आइरनले ट्रंक तथा डेडिकेटेड महसुलको किस्ता बुझाए
- BFIS News
- 2025 Nov 11 11:45
काठमाडौं । शिवम् सिमेन्ट र हिमाल आइरन उद्योगले ट्रंक तथा डेडिकेटेड महसुलबापतको बक्यौता रकमको पहिलो किस्ता बुझाएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, शिवम् सिमेन्टले महसुलबापत २ करोड ३८ लाख रुपैयाँको पहिलो किस्ता बुझाएको छ । कम्पनीले कुल ६६ करोड ८९ लाख रुपैयाँ महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, हिमाल आइरन उद्योगले पनि गत आइतबार महसुलबापतको किस्ता बुझाएको प्राधिकरणले जनाएको छ । सो उद्योगले कुल १३ करोड ६५ लाख रुपैयाँ महसुल तिर्न बाँकी रहेको थियो ।
दुवै उद्योगले किस्ता बुझाएसँगै प्राधिकरणले बक्यौता महसुल असुली प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)












.jpeg)






प्रतिक्रिया