NIMB Header 2
Nepal Life

ऊर्जामन्त्री कुलमान घिसिङको तत्काल बर्खास्तीको माग गर्दै जेनजी मुभमेन्टको वक्तव्य

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 11 11:48
ऊर्जामन्त्री कुलमान घिसिङको तत्काल बर्खास्तीको माग गर्दै जेनजी मुभमेन्टको वक्तव्य
National Life

काठमाडौं । जेनजी मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । संगठनले मन्त्री घिसिङको संलग्नतामा राष्ट्रघाती विद्युत् खरिद सम्झौता भएको आरोप लगाउँदै उनलाई पदमुक्त गर्न सरकारसँग माग गरेको हो ।

NIMB

जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय साहद्वारा आज जारी गरिएको विज्ञप्तिमा ऊर्जामन्त्री घिसिङ र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालको मिलेमतोमा भारतको कम्पनी पीटीसी इन्डियासँग ४३ करोड रुपैयाँ बराबरको नोक्सानी हुने गरी गैरकानूनी विद्युत् खरिद सम्झौता गरिएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यो सम्झौता ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको सेटिङमा, विद्युत् नियमन आयोगको स्वीकृति बिना गरिएको प्रमाणित भइसकेको छ । यो कार्य सिधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री हो ।”

संगठनले सरकारसँग तीन बुँदे माग राखेको छ —
१) ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्ने,
२) प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्ने, र
३) विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सबै विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्ने ।

जेनजी मुभमेन्टले राष्ट्रघाती सम्झौतामा संलग्न व्यक्तिहरूलाई जेल हाल्न र राज्यको सम्पत्ति फिर्ता गराउन कानुनी प्रक्रिया तुरुन्त सुरु गर्न पनि माग गरेको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया