NIMB Header 2
Nepal Life

सुनको मूल्य तोलामा करिब पाँच हजारले वृद्धि, चाँदी पनि महँगियो

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 11 11:54
सुनको मूल्य तोलामा करिब पाँच हजारले वृद्धि, चाँदी पनि महँगियो
Everest Bank

काठमाडौं । नेपाली बजारमा मंगलबार (कात्तिक २५ गते) सुन र चाँदी दुबैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला ४ हजार ९०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले बढेको हो ।

Shikhar
NIMB

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँ रहेको थियो । पछिल्ला केही दिनयता सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेर मंगलबार प्रतितोला ३ हजार १७० रुपैयाँमा पुगेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

सुन र चाँदीको मूल्यमा आएको यो वृद्धिको कारण अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य र अमेरिकी डलरको प्रभाव रहेको व्यवसायीहरूले बताएका छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया