NIMB Header 2
Nepal Life

साहस उर्जाको लाभांश घोषणा, बोनसपछि शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 11 11:58
साहस उर्जाको लाभांश घोषणा, बोनसपछि शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय
Everest Bank

काठमाडौं । साहस उर्जा कम्पनी लिमिटेड (SAHAS) ले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

Shikhar
NIMB

कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । साथै, सो बोनसमा लाग्ने कर प्रयोजनका लागि १.१०५३ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

घोषित लाभांश आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण गरिनेछ ।

त्यसैगरी, कम्पनीले गत वर्षको वार्षिक साधारण सभाले पारित गरेको “१ बराबर १ हकप्रद शेयर” जारी गर्ने निर्णयलाई संशोधन गरी, अब बोनस वितरणपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत (१:१ अनुपातमा) हकप्रद शेयर जारी गर्ने निर्णय पनि गरेको छ ।

कम्पनीका अनुसार यस निर्णयले पूँजी संरचना सुदृढ हुने र आगामी परियोजनाहरूको वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया