NIMB Header 2
Nepal Life

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्रलाई २८१ गाडी खरिदको अनुमति

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 11 12:08
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्रलाई २८१ गाडी खरिदको अनुमति
National Life

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीस्वरूप नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई २८१ वटा नयाँ सवारीसाधन खरिद गर्न अनुमति दिइएको छ ।

 

NIMB

हालैको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीका गाडीहरू जलाई क्षति पुगेपछि अर्थ मन्त्रालयले दुबै सुरक्षासंस्थालाई नयाँ गाडी खरिदका लागि स्रोत सहमति प्रदान गरेको हो ।

अर्थ मन्त्रालयले नेपाल प्रहरीका लागि १७५ वटा पिकअप र ६ वटा कैदी बोक्ने गाडी खरिद गर्न बजेट उपलब्ध गराउने सहमति दिएको छ । त्यस्तै, सशस्त्र प्रहरी बल नेपालका लागि ७० वटा पिकअप, २० वटा आन्दोलन नियन्त्रण गर्ने सवारी, २ वटा एम्बुलेन्स, ३ वटा डिजास्टर रेस्क्यु भ्यान र ५ वटा १२ बाई १२ ट्रक खरिदका लागि समेत स्रोत सहमति प्रदान गरिएको छ ।

नेपाल प्रहरीले कात्तिक २१ गते १०० युनिट पेट्रोल पिकअप र ६ वटा कैदी बोक्ने भ्यान खरिदका लागि बोलपत्र आह्वान गरिसकेको छ ।

नेपाल प्रहरी मुख्यालयका तथ्यांक अनुसार हालसम्मको आन्दोलनमा ३६ वटा ट्रक र बस, साथै १२७ वटा जिप, कार र भ्यान जलेका थिए । यी सवारीसाधनको क्षतिपूर्ति स्वरूप नयाँ गाडी खरिद गरिने भएको हो ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया