Nepal Life

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सानेपामा

NMB Bank
  • BFIS News
  • 2025 Nov 11 12:56
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सानेपामा
National Life

काठमाडौँ, कात्तिक २५ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (मङ्गलबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।

Shikhar
NIMB

पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताव आलमको निधनका कारण तीन दिन स्थगित गरिएको बैठक आज पुनः सञ्चालन हुन लागेको हो। गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको थियो।

जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा गर्दै आगामी रणनीति र पार्टीको भूमिकाबारे निर्णय गर्न असोज २८ गतेदेखि सुरु भएको बैठक अझै जारी छ। बैठकले देशको समसामयिक राजनीतिक अवस्थाबारे विश्लेषण गर्दै आगामी कदम तय गर्ने तयारी गरेको छ।

पार्टीभित्र अहिले १५औँ महाधिवेशन नियमित रूपमा गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा तीव्र बहस जारी छ। यसैगरी सरकारले फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेपछि महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा पनि छलफल भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया