NIMB Header 2
Nepal Life

नेपालको पहिलो इलेक्ट्रिक ह्वील लोडर सार्वजनिक, एक्सप्लोर अर्थ मुभर्सको नयाँ उपलब्धि

National Life
  • BFIS News
  • 2025 Nov 11 14:03
नेपालको पहिलो इलेक्ट्रिक ह्वील लोडर सार्वजनिक, एक्सप्लोर अर्थ मुभर्सको नयाँ उपलब्धि
Sanima Reliance

काठमाडौं। पन्चकन्या ग्रुपको लगानीमा सञ्चालित एक्सप्लोर अर्थ मुभर्स प्रा.लि. ले नेपालकै पहिलो इलेक्ट्रिक ह्वील लोडर – SDLG L936HEV औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो प्रधान कार्यालय ललितपुर महानगरपालिका–३, कृष्णगल्लीमा आयोजना गरिएको एक विशेष समारोहबीच उक्त अत्याधुनिक प्रविधियुक्त मेसिन सार्वजनिक गरेको हो।

Shikhar
NIMB

पन्चकन्या ग्रुप नेपालमा विश्वासिलो र भरपर्दो व्यवसायिक समुहको रूपमा परिचित रहँदै आएको छ। समूहका विभिन्न कम्पनीहरूले ग्राहकहरूलाई नवीनतम प्रविधियुक्त उत्पादन तथा सेवा प्रदान गर्दै आएका छन्। सोही निरन्तरतामा, एक्सप्लोर अर्थ मुभर्सले निर्माण कार्यका लागि अत्याधुनिक प्रविधियुक्त मेसिनहरू बिक्री तथा वितरण गर्दै आएकोमा, यसपटक वातावरणमैत्री प्रविधि अंगाल्दै नेपालकै पहिलो इलेक्ट्रिक ह्वील लोडर बजारमा ल्याएको हो।

कम्पनीका अनुसार, SDLG L936HEV ले वातावरणमा न्यून हानि पुर्‍याउँदै नेपाल सरकारले प्रवर्द्धन गरेको विद्युत् सवारीसाधन प्रयोग नीतिलाई सघाउने विश्वास लिएको छ। अत्याधुनिक इलेक्ट्रिक ड्राइभ प्रणालीले यो मेसिनलाई ऊर्जा दक्ष, स्वच्छ र दिगो बनाएको छ।

मुख्य विशेषताहरू

 शून्य उत्सर्जन: सफा हावा र कम कार्बन फुटप्रिन्टमा योगदान पुर्‍याउँछ।

 उत्कृष्ट ऊर्जा दक्षता: अत्याधुनिक ब्याट्री प्रविधिले एकपटकको चार्जमै लामो समय सञ्चालन गर्न सहयोग गर्छ।

 मजबूत प्रदर्शन: परम्परागत डिजेल लोडरभन्दा शक्तिशाली र भरपर्दो।

 कम मर्मत खर्च: सरल इलेक्ट्रिक ड्राइभ प्रणालीका कारण सञ्चालन लागत कम र मर्मत सजिलो।

प्राविधिक विवरणहरू

 ब्याट्री शक्ति: १८०.५ kWh (५२१ V) CATL लिथियम आयरन फस्फेट (LiFePO₄)

 मोटर शक्ति: ६० kW (नियमित) / ९० kW (अधिकतम)

 बकेट क्षमता: १.५ – ३.० m³ (स्ट्यान्डर्ड २.१ m³ GP बकेट)

कम्पनीका अनुसार, अत्याधुनिक ब्याट्री र स्मार्ट ऊर्जा व्यवस्थापन प्रणालीका कारण यो लोडरले न्यून आवाजमा, लामो समयसम्म र कम मर्मत लागतमा काम गर्न सक्षम छ। यसले सहरभित्रका निर्माण कार्य, औद्योगिक स्थल तथा वातावरणीय रूपमा संवेदनशील क्षेत्रमा प्रयोगका लागि उत्कृष्ट विकल्प प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

SDLG L936HEV इलेक्ट्रिक लोडर अहिले एक्सप्लोर अर्थ मुभर्स प्रा.लि., बल्खु, काठमाडौंमा प्रदर्शनका लागि उपलब्ध छ। इच्छुक ग्राहक र साझेदारहरूलाई यो नयाँ प्रविधिको प्रत्यक्ष अनुभव लिन कम्पनीले निमन्त्रणा गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया