युनाइटेड मोदी हाइड्रोपावरको पुरानो नगद लाभांश दाबी गर्न आग्रह, ३५ दिनको समयसीमा तोकियो
- BFIS News
- 2026 Jun 07 11:28
काठमाडौं । United Modi Hydropower ले विगतका आर्थिक वर्षमा वितरण गरिएको तर हालसम्म पनि केही सेयरधनीले नबुझेको नगद लाभांश दाबी गर्न सम्बन्धित लगानीकर्तालाई आग्रह गरेको छ।
कम्पनीले सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ को अवधिमा वितरण गरिएको नगद लाभांश अझै पनि धेरै सेयरधनीको नाममा नबुझेको जनाएको हो।
कम्पनीका अनुसार उक्त लाभांश रकम वितरण भएको पाँच वर्षभन्दा बढी समय बितिसकेको छ, जसका कारण प्रचलित कानुनी व्यवस्था अनुसार अब उक्त रकम लगानीकर्ता संरक्षण कोषमा स्थानान्तरण गर्नुपर्ने अवस्था आएको छ।
कम्पनी ऐन, २०६३ तथा लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७३ अनुसार निश्चित अवधिसम्म दाबी नगरिएको लाभांश रकम उक्त कोषमा जम्मा गरिने व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार अब बाँकी रकम कोषमा पठाउनुपर्ने भएकाले सम्बन्धित सेयरधनीलाई समयमै दाबी प्रक्रिया पूरा गर्न कम्पनीले अनुरोध गरेको छ।
कम्पनीले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र आवश्यक कागजातसहित आफ्नो सेयर रजिस्ट्रार Citizens Capital मा सम्पर्क गरी बाँकी रहेको नगद लाभांश प्राप्त गर्न आग्रह गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया