नेपाल राष्ट्र बैंकले ९ अर्ब ६९ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने
- BFIS News
- 2026 Jun 02 13:28
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा ९ अर्ब ६९ करोड ८५ लाख रुपैयाँ लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकका अनुसार विभिन्न कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूको मुद्दति निक्षेपमा लगानी गरिनेछ। यसका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई जेठ २० गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न आह्वान गरिएको छ।
राष्ट्र बैंकले कुल रकममध्ये वाणिज्य बैंकमा ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ४८ करोड ४९ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ।
यो लगानी ३६८ दिनको अवधिका लागि हुनेछ, जुन सन् २०२६ जुन १८ देखि २०२७ जुन २० सम्म लागू हुनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया